back

आमाको मुख हेर्ने दिन, ‘आमा तपाई साच्चै महान महान हुनुहुन्छ’

वि.सं.२०७७ वैशाख ११ बिहीवार

2.7K 

shares
NTC AD

आमा यो शब्द कति मिठो र प्रिय छ । साच्चै आमा हाम्री जननी हुन् । हामीलाई यो धर्तीमा पाइला टेकाउने हाम्री जननी । ममताकी खानी प्रेरणाकी स्रोत, निस्वार्थ भावना भएकी एक देवी । आफू दुःख सहेर पनि सन्तानका खुशीका लागि दुःखलाई साथ लिने महान आमा ।
संसारको सबैभन्दा पवित्र नाता हो आमा, हामीले सबैभन्दा पहिले बोल्न जानेको शब्द हो आमा, हाम्रो पहिलो गुरु हो आमा अनि हामीले पलपलमा सम्झना गर्ने शब्द हो आमा । अनि ममताकी खानी हुन् आमा, सन्तानका सबै गल्तीहरुलाई सजिलै माफ गरिदिने पनि आमा नै हुन् । अझै भन्नुपर्दा निस्वार्थ भावले माया ममता दिने र सहयोग गर्ने एक मात्र व्यक्ति हो आमा । त्यसैले त तपाई साच्चै महान हुनुहुन्छ आमा ।

हो आज तिनै आमालाई सम्झने विशेष दिन । आज आमा खुवाउने औसी अर्थात मातातीर्थ औसीं (आमाको मुख हेर्ने दिन) ले पनि चिनिन्छ आजको दिनलाई । वैशाख कृष्ण औंसीको दिन यो पर्व पर्दछ । आजका दिन आफूलाई जन्मदिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आफ्नो विभिन्न प्रकारका खानेकुरा खुवाउनुका साथै गच्छे अनुसारका उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । त्यस्तै अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्छन्।्, भने आमा नहुनेहरुले आजका दिन काठमाडौंको थानकोटस्थित मातातिर्थमा गएर कुण्डमा नुहाएर मृतक आमाको नाममा मीठा–मीठा परिकार र फलफूल चढाउने गर्दछन् ।

मातातीर्थमा आजका दिन विशेष मेला लाग्ने गर्दर्छ । मातातीर्थ कसरी रहन गयो भन्ने बारेमा विभिन्न किम्वदन्तीहरु पाइन्छ जसअनुसार त्यतिबेला त्यहाँ घना जंगल थियो रे, त्यहाँ गाई चराउन गोठालाहरु जान्थे गोठालो गएका गोठालाहरू कुण्डको नजीकै बसेर खाजा खान्थे रे ! खाजा खाने क्रममा एउटा गोठालाकोे मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने वेलामा गोठालोले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई सम्झाउँदै ‘हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू’ भन्ने वाचाका साथ छोरालाई सम्झाई बुझाई फर्काएकी थिइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो भन्ने गरिन्छ ।

हुन त एक दिन मात्र आमालाई सम्झदैंमा आमालाई खुशी भने पक्कै राख्न सकिदैन । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । आफ्ना सन्तानले आफ्ना बुबाआमालाई प्रत्येक दिन खुशी दिनुपर्छ, माया दिनुपर्छ अनि सम्झनुपर्छ । आमा के छ कस्तो छ ? भनेर सगैं रहेका सन्तानले आमाको भावनालाई बुझिदिनुपर्छ भने टाढा भएका सन्तानले पनि फोनमा भए पनि आमाबुबाको बारेमा स्वास्थ्य अवस्था सोधेर पनि आमाबुबाप्रतिको ममता,कर्तव्य र दायित्वलाई विर्सन हुदैन । आमाको गरिमामय सन्दर्भमा कुरा गर्दा रामायणमा पनि रामचन्द्र भगवानले भाई लक्ष्मणसँग भनेका छन् । ‘जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी’ । अर्थात हे लक्ष्मण सुनै सुनले भरिएको भएपनि मलाई लङ्का चाहिदैन । जन्मदिने आमा र आफू जन्मिएको ठाउँ स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भनेर भनेका छन् । यसकारण पनि आमा शब्द आफैमा महान छ ।

जातीय र भाषिक विविधताले धनी हाम्रो देशमा आमालाई चिनाउने अनेक नाम छन् । जसको उच्चारणले ममता, स्नेह, आनन्द र सुरक्षाको भावबोध गराउँछ । आमालाई नेपाली सस्कारमा उच्च स्थानमा राखेका छन् ।

आमा शब्द जति प्रिय र महान छ त्यस्तै आमा माया, ममता र दयाकी खानी पनि हुन् । आमामा जस्तो निस्वार्थ माया कोहीबाट पनि पाउन सकिन्न । आमाको जस्तो उदार भावना खोजेर पनि कतै पनि पाउन सकिन्न । जव सन्तान दुःखमा पर्छन् तब उसले पक्कै आमालाई सम्झेको हुन्छ । जव हामी लड्न खोज्छौ, अनि हाम्रो मुखमा आइहाल्छ ‘आमा’, जव डराउँछौँ अनि भन्छौ ‘आमा !’ आमा हाम्रो मार्गदर्शक हुन् प्रेरणाकी खानी हुन् आमा, जिउदो साक्षाता देवी हुन् आमा । त्यसैले पनि भनिन्छ नि आमाले दिएको आर्शिवाद पक्कै लाग्छ ।
हाम्रो नेपाली परम्परामा पनि आमालाई आदर सम्मान गर्ने चलन परापूर्वकालदेखि गरिदै आएको छ । घरबाट टाढा निस्कँदा पनि आमालाई ढोग गरेर मात्र निस्कन्छौ ।

आमा जन्म दिएर हुर्काई बढाई पढाइ लेखाइ एक सक्षम नारी बनाउनुभयो । आफ्नो सन्तानको खुशीलाई नै आफ्नो सफलता ठान्ने आमा तपाई धन्य हुनुहुन्छ ।

हुन त, अझै पनि कयौं आमाहरु वृद्ध आश्रममा बस्न बाध्य छन् । तीनै आमाले ती सन्तानलाई जन्म दिई, हुकाईबढाई आफ्नो खुट्टामा उभिनसक्ने बनाएकी हुन् । त्यसैले पनि तीनै आमालाई वृद्ध अवस्थामा साहारा दिनुहोस् । तपाईहरु जता जना भएपनि आमा बुबाले कुनै सन्तानलाई भेदभाव नगरी कहिल्यै बोझ नठानी आफ्नो माया र ममताको छत्रछायामा आफूले नखाएर पनि पालनपोषण गरेर हामीलाई ‘मै हुँ’ भन्ने बनाएका आमा बुवालाई बुद्ध अवस्थामा साथ र सहारा बन्नुहोस् । उनीहरुका लागि बलियो र दह्रो लाठि बन्नुहोस् । जसको सहारामा उहाँहरु आनन्द मन लिएर बाँच्न सक्नुहुनेछ । आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन आमाप्रतिको श्रद्धा र उच्चसम्मान व्यक्त गर्दछु ।

मेरी आमाजस्तै निस्वार्थी दयाकी खानी, ममताको रानी, मेरो खुशीको शिरोधर, मलाई सङघर्ष गर्न सिकाउने र सत्मार्गमा हिड्न सिकाउने मेरी आमामा श्रद्धाभाव माया र उच्च सम्मान व्यक्त गर्दछु । मेरी आमा जस्तै अन्य आमाहरुप्रति पनि माया र उच्च सम्मान छ । ह्याप्पी मदरस् डे ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:१७ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...