back
CTIZAN AD

सन्दर्भ लोकतन्त्र दिवस : एक आश्चर्यजनक खबर

वि.सं.२०७७ वैशाख ११ बिहीवार

843 

shares

सरकारको आलोचना गरेकै भरमा यसरी गिरफ्तार गर्नु त लोकतन्त्रको धज्जी उडाउनु हो । प्रम, गृम जस्ता जननिर्वाचित, जनउत्तरदायी र जिम्मेवार जनप्रतिनिधि महानुभावहरुलाई थाहा छ कि छैन ? यस्तालाई यसरी यस्तोबेलामा यस्तो गर्ने यत्न गर्ने हो भने यत्रो आन्दोलन गरिल्याएको लोकतन्त्र त तानाशाहीतन्त्रमा परिणत हुन्छ । यसै गर्नु छ र दमनै गरेर आलोचकहरु सिद्धाएर हिटलरै बन्नु छ भने त हाम्रो भन्नू केही छैन।

पूर्व सचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम प्रसाद उपाध्याय गए रातिनै गिरफ्तार भएको खबर आज लोकतन्त्रदिवसको एकाविहानैको हटकेक अर्थात ताजा खबरको रुपमा आयो । विडम्बना यो हट केकलाई खानरपचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो ।

लोकतन्त्र भनेको त लेख्न, बोल्न, छाप्न, सभा संगठन गर्न, विरोध गर्न, निन्दा भर्त्सना गर्न र भन्डाफोर गर्न समेत पाइने व्यवस्था पो भन्थे । तर यहाँ त आजै उहाँलाई साइबर क्राइम ब्युरोले पकडेको भनेपछी त स्पष्ट हुन्छ कि फिजिकल क्राइम ब्युरोले होइन रहेछ किनकी मान्छे मारेको, बस्तु वा पैसा चोरेको, ठगी गरेको, भ्रष्टाचार गरेको, कालाबजारी गरेको, घुसखोरी गरेको अथवा गाली बेइज्जतीरमानहानी आदि केही गरेको त रहेनछ ! खासै साइबर क्राइम अश्लील फोटो, भिडियो, लेखन आदि प्रसारण गरेको पनि त होइन, भएको भए त हामीले पनि देख्न पाइन्थ्यो । त्यसो भए सरकारको आलोचना गरेकै भरमा यसरी गिरफ्तार गर्नु त लोकतन्त्रको धज्जी उडाउनु हो । प्रम, गृम जस्ता जननिर्वाचित, जनउत्तरदायी र जिम्मेवार जनप्रतिनिधि महानुभावहरुलाई थाहा छ कि छैन ? यस्तालाई यसरी यस्तोबेलामा यस्तो गर्ने यत्न गर्ने हो भने यत्रो आन्दोलन गरिल्याएको लोकतन्त्र त तानाशाहीतन्त्रमा परिणत हुन्छ । यसै गर्नु छ र दमनै गरेर आलोचकहरु सिद्धाएर हिटलरै बन्नु छ भने त हाम्रो भन्नू केही छैन, नत्र यस्ता गतिविधी जसमा राहत बांड्ने ज्ञानेन्द्र शाही, उन्लाई डेरा दिने शक्ति शाहीलाई गिरफ्तार गर्ने अनि विद्यार्थी हेमराज थापा ( कपाल पालेका राहत बाँड्ने विद्यार्थी) कहाँ रहेको राहत खाद्यान्न पनि जफत गर्ने र उनी लगायत अन्य कटु आलोचकहरु प्रेम कैदी, प्रेम बस्न्यात, प्रेम सन्ज्याल, भरत दाहाल, नरेन्द्रजङ्ग पिटर, प्रा.डा सुरेन्द्र केसी, बालकृष्ण न्यौपाने, बालकृष्ण ढुङ्गेल, जगन्नाथ खतिवडा, लीलामणि पोखरेल, देवगुरुङ र भीम रावल जस्ता थुप्रै बुद्धिजीवी, पत्रकार, वकिल, लेखक, राजनीतिक र सांस्कृतिककर्मी आदि MCC लगायतका कतिपय कुराका आफ्नै पार्टीभित्रका कट्टर आलोचकहरुलाई समेत गिरफ्तार गर्ने सूचीमा राख्ने र क्रमश गिरफ्तार गर्दै जाने हो तर आफूहरुले भने संविधान, विधि, व्यवस्था सबै उल्लंघन गर्ने, अनियमितता, भ्रष्टाचार र कमिसनखोरीलाई संस्थागत र वैधानिकता दिंदैजाने अनि राष्ट्रघाती र जनघाती कामहरु गर्दै जाने हो भने के हुन्छ ?

यसै त कोरोनाको कहरले मानिसहरुमा चरम उकुसमुकुस र परम छट्पटी छ । त्यसमाथी हालैका अध्यादेसहरुले आक्रोसलाई चुल्याएको छ र स्थिति अत्यन्त नाजुक, संवेदनशील र गम्भीर मात्र होइन विस्फोटक र कृटिकल नै छ । यस्तो विषम परिस्थितिमा प्रतिगामी र प्रतिक्रियावादीहरु के निहुँ पाउँ कनिका बुकाउँ भनी दाउँ हेरेर, पासो थापेर र षड्यन्त्रका तानाबाना बुनेर बसिरहेका छन्, झन् त्यसमाथी आगोमा घिउ थप्नेगरी यसरी यस्ता गिरफ्तारी र दमन बढाउँदै जाने भनेको त आफ्नो खाल्टो आफैले खन्नु हुन जान्छ । तसर्थ उहाँहरुलाई तत्काल रिहा गरियोस् । बरु, आलोचनालाई निगरानी, नियन्त्रण र निषेध नै हो भने आफू र आफ्नाको पक्षमा होइन देस र जनताका पक्षमा, भ्रष्टाचार र कमिसनतन्त्रका पक्षमा होइन लोकतन्त्र र परिवर्तन रक्रान्तिका पक्षमा, पक्षपाती र पुँजीपतिका पक्षमा होइन समानता र न्यायका पक्षमा केही राम्रा, ठुला र दीर्घकालीन महत्वका काम गरियोस् । यसो भयो भने विरोधी, प्रतिरोधी, आलोचक मात्र होइन आक्रमणकारी बुद्धिजीवी, पत्रकार, लेखक आदि सबैको मुख थुनिन्छ, कलम भाँचिन्छ र सामाजिक सन्जाल बन्द हुन्छ । समयमै होश आओस् । लोकतन्त्र दिवसको शुभकामना ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:३७ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...