back
CTIZAN AD

सन्दर्भः लोकतन्त्र दिवस,भीम उपाध्याय गिरफ्तार एक आश्चर्यजनक खबर !

वि.सं.२०७७ वैशाख ११ बिहीवार

888 

shares

पूर्वसचिव एवम् वर्तमान सरकार र संस्कारका प्रखर आलोचक श्री भीम प्रसाद उपाध्याय गए रातिनै गिरफ्तार भएको खबर आज लोकतन्त्र दिवसको एकाविहानैको हटकेक अर्थात ताजा खबरको रुपमा आयो !! विडम्बना यो हट केकलाई खान र पचाउन कठिन भयो र यसबारे प्रतिकृया जनाउनै पर्ने भयो ।

लोकतन्त्र भनेको त लेख्न, बोल्न, छाप्न, सभा–संगठन गर्न, विरोध गर्न, निन्दा–भत्र्सना गर्न र भन्डाफोर गर्न समेत पाइने व्यवस्था पो भन्थे ! तर यहाँ त आजै उहाँलाई साइबर क्राइम ब्युरोले पकडेको भनेपछी त स्पष्ट हुन्छ कि फिजिकल क्राइम ब्युरोले होइन रहेछ किनकी मान्छे मारेको, बस्तु वा पैसा चोरेको, ठगी गरेको, भ्रष्टाचार गरेको, कालाबजारी गरेको, घुसखोरी गरेको अथवा गाली बेइज्जती÷मानहानी आदि केही गरेको त रहेनछ ! ? खासै साइबर क्राइम अश्लील फोटो, भिडियो, लेखन आदि प्रसारण गरेको पनि त होइन, भएको भए त हामीले पनि देख्न पाइन्थ्यो !? त्यसो भए सरकारको आलोचना गरेकै भरमा यसरी गिरफ्तार गर्नु त लोकतन्त्रको धज्जी उडाउनु हो !

प्रम, गृम जस्ता जननिर्वाचित, जनउत्तरदायी र जिम्मेवार जनप्रतिनिधि महानुभावहरुलाई थाहा छ कि छैन ? यस्तालाई यसरी यस्तोबेलामा यस्तोगर्ने यत्न गर्ने हो भने यत्रो आन्दोलन गरिल्याएको लोकतन्त्र त तानाशाहीतन्त्रमा परिणत हुन्छ ! यसै गर्नु छ र दमनै गरेर आलोचकहरु सिद्धाएर हिटलरै बन्नु छ भने त हाम्रो भन्नू केही छैन, नत्र यस्ता गतिविधी जसमा राहत बांड्ने ज्ञानेन्द्र शाही, उन्लाई डेरा दिने शक्ति शाहीलाई गिरफ्तार गर्ने अनि विद्यार्थी हेमराज थापा (कपाल पालेका राहत बाँड्ने विद्यार्थी) कहाँ रहेको राहत खाद्यान्न पनि जफत गर्ने र उनी लगायत अन्य कटु आलोचकहरु प्रेम कैदी, प्रेम बस्न्यात, प्रेम सन्ज्याल, भरत दाहाल, नरेन्द्रजङ्ग पिटर, प्रा.डा. सुरेन्द्र केसी, बालकृष्ण न्यौपाने , बालकृष्ण ढुङ्गेल, जगन्नाथ खतिवडा, लीलामणि पोखरेल, देवगुरुङ र भीम रावल जस्ता थुप्रै बुद्धिजीवी, पत्रकार, वकिल, लेखक, राजनीतिक र सांस्कृतिककर्मी आदि ःऋऋ लगायतका कतिपय कुराका आफ्नै पार्टी्भित्रका कट्टर आलोचकहरुलाई समेत गिरफ्तार गर्ने सूचीमा राख्ने र क्रमशः गिरफ्तार गर्दै जाने हो तर आफूहरुले भने संविधान, विधि, व्यवस्था सबै उल्लंघन गर्ने, अनियमितता, भ्रष्टाचार र कमिसनखोरीलाई संस्थागत र वैधानिकता दिंदैजाने अनि राष्ट्रघाती र जनघाती कामहरु गर्दै जाने हो भने के हुन्छ ?

यसै त कोरोनाको कहरले मानिसहरुमा चरम उकुसमुकुस र परम छट्पटी छ ! त्यसमाथी हालैका अध्यादेशहरुले आक्रोसलाई चुल्याएको छ र स्थिति अत्यन्त नाजुक, संवेदनशील र गम्भीर मात्र होइन विस्फोटक र गम्भीर नै छ ! यस्तो विषम परिस्थितिमा प्रतिगामी र प्रतिक्रियावादीहरु के निहुँ पाउँ कनिका बुकाउँ भनी दाउँ हेरेर, पासो थापेर र षड्यन्त्रका तानाबाना बुनेर बसिरहेका छन्, झन् त्यसमाथी आगोमा घिउ थप्नेगरी यसरी यस्ता गिरफ्तारी र दमन बढाउँदै जाने भनेको त आफ्नो खाल्टो आफैले खन्नु हुन जान्छ ! तसर्थ उहाँहरुलाई तत्काल रिहा गरियोस् !

शर्मा,नेकपाका केन्द्रीय सदस्य हुन्

वि.सं.२०७७ वैशाख ११ बिहीवार १३:४१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...