back
CTIZAN AD

भैसेपाटी बैठकले भन्यो –अध्यादेश फिर्ता लिनुको विकल्प छैन

वि.सं.२०७७ वैशाख ११ बिहीवार

957 

shares

११ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बहुमत सदस्यहरूले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनु नै उपर्युक्त हुने निष्कर्ष निकालेका छन् ।

उपाध्यक्ष बामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बिहीबार भएको छलफलमा बहुमत सदस्यहरूले अध्यादेश फिर्ता लिनुको विकल्प नरहेको निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् ।

बिहीबार बिहान नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटमा नै अध्यक्ष ओलि अध्यादेश फिर्ता लिन सहमत भएको समाचारहरु आएका थिए ।

प्रधानमन्त्रीको त्यस्तो संकेत पाएलगतै थप छलफलका लागि सरकारमा नरहेका सचिवालयका ६ नेताहरु भैँसेपाटीमा भेट भएका थिए ।
भेटमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीको पक्षमा रहेका महासचिव पौडेल अध्यादेशका सम्बन्धमा सन्तुष्ट नरहेको बताइएको छ । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल अध्यादेशको बिपक्षमा भएपनि ओली मन्त्रीपरीषदमा वरीष्ठ मन्त्री रहेकै कारण सो बैठकमा नगएको बताइएको छ ।

स्रोतकाअनुसार सरकारले शुक्रबार अध्यादेश फिर्ताको निर्णय गर्ने र त्यसपछि सचिवालय बैठक बस्नेछ । सचिवालय बैठकबाटै स्थायी कमिटीको बैठकको निर्णय गर्ने बताइएको छ । बुधबार मात्र स्थायी कमिटीका बहुमत सदस्यले बैठक माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।

वि.सं.२०७७ वैशाख ११ बिहीवार २२:०५ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...