back
CTIZAN AD

कोरोना संकटः कृषि उत्पादन राहत कोष बनाउन सकिन्छ कि !

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

1.1K 

shares

हाम्रा तीनै तहका सरकारहरूमा कोरोना संकट कृषि उत्पादन राहत कोष वा त्यस्तै नाम गरेको कुनै कोष बनाइएको छैन भने तत्काल बनाउने,
– सो कोषमा रकम जम्मा गर्दै जान हरसम्भव सबै उपायहरू अपनाउने । हाम्रा सबै तहका सरकार तथा निकायहरू र विभिन्न संघ संस्थाहरूको बजेटको निश्चित हिस्सा (कति प्रतिशत ?)

उक्त कोषमा जम्मा गर्न बाध्यकारी व्यवस्था गर्ने– कोरोना महामारीको अवस्था र विश्वभरको खाद्य तथा पोषण संकटका कारण,

– वडा तहमा वा पालिका तहमा हाम्रा कृषि सहकारी र कृषक समूहहरू दर्ता भएका छन् र तिनको सम्पर्क फोन नम्बर पनि दर्तासंगै रेकर्डमा छन्,
– उक्त सम्पर्क फोनहरूमा एकजना कृषि प्राविधिकले कुन कृषि सहकारी वा कृषक समूहहरूलाई कुन कुन बालीको कुन कुन जातका गरी कति कति बीउ विजन, युरिया, डिएपी, पोटास र अन्य कृषि सामग्रीहरू चाहिन्छन् सो को टिपोट गर्ने ।- सबै वडाका सबै कृषि सहकारी तथा कृषक समूहहरूको आवश्यकता (मागहरू) निर्दीष्ट रूपमा संकलन गरिसकेपछि आफ्नो पालिकाको कूल आवश्यकता कति हुन आयो निकाल्ने,

– उक्त कृषि सामग्रीहरूको बजारमूल्य कति पर्ने हो हिसाब निकाल्ने र कहाँ कहाँबाट उक्त सामग्रीहरू तत्काल व्यवस्था हुन सक्ने हो सो को निधो गर्ने,

– त्यसै अनुसार ती सामग्रीहरू खरिद तथा ढुवानी गरी (दाखिला गर्ने व्यवस्था समेत गरी) माग अनुसारका कृषि सामग्रीहरू सम्भव भए सम्बन्धित कषक समूह÷सहकारी भएको ठाउँसम्म र सो सम्भव नभए वडा कार्यालयसम्म पु¥याई सम्बन्धित समूह वा सहकारीका प्रतिनिधिलाई बोलाएर विधिवत् भरपाई गरी बीउ विजन तथा कृषि सामग्रीहरू बुझाउने,

– सम्भव भएसम्म उक्त कृषि सामग्रीहरूको सम्पूर्ण खर्च कोरोना संकट कृषि उत्पादन राहत कोषबाट वेहोर्ने र सो सम्भव नभएमा २० प्रतिशतसम्म परल मूल्य सम्बन्धित कृषक समूह वा कृषि सहकारीबाट सोधभर्ना लिन उनीहरूसंग पहिले नै सरसल्लाह गर्ने,

-त्यसैगरी, कृषि उपजहरू कृषिबजार तथा संकलन केन्द्र र उपभोक्ताहरूको नजिक पु¥याउन पाँच नम्बर प्रदेश सरकारले अपनाएका तौर तरिका अन्य सबै प्रदेश सरकारहरू र स्थानीय सरकारहरूले अविलम्ब सुरु गर्ने,

– त्यसैगरी, मध्य तथा उच्च पहाडी क्षेत्रको गहुँ जौ आदि काट्न, झार्न र थन्क्याउन आवश्यकता र सम्भावना अनुसारका विभिन्न साइजका थ्रेसर, त्रिपाल आदि कृषक समूह तथा कृषि सहकारीहरूलाई उपलब्ध गराउने,

– त्यसैगरी, तराई–मधेश तथा सम्भव हुने पहाडी क्षेत्रमा समेत सानोतिनो स्केलको भएपनि कृषिमा यान्त्रिकरण गर्न व्यापक पहल गर्ने ।जस्तै, धान छर्ने ड्रम सिडर, धानको बेर्ना रोप्ने प्लान्टर, न्यून खनजोतमा लहरे तरकारी बाली रोप्नका लागि खाल्डा खन्ने मेसिन, फलफुलका बेर्ना सार्न खाल्डा खन्ने मेसिन, मकै छोडाउने मेसिन, घाँस काट्ने मेसिन, खेतबारी जोत्ने–डल्ला फुटाउने–सम्याउने मेसिन आदि आदि ।

-उपरोक्त काममा संलग्न हुने कर्मचारी, पदाधिकारी आदि सबैले पारदर्शीता र इमानदारीताको पूर्ण पालना गर्नु पर्ने र सोे गरे नगरेको कुरा माथिल्लो निकाय वा व्यक्तिले अनुगमन गर्ने व्यवस्था पनि कोरोना संकट कृषि उत्पादन राहत कोष निर्दे्शिका÷कार्य्विधिमा स्पष्ट व्यवस्था गर्नु पर्ने ।

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १४:१७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...