back
CTIZAN AD

अक्सफोर्ड विश्वविद्यालयद्वारा कोरोना भाइरसको भ्याक्सिन परीक्षण

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

939 

shares

१२ वैशाख, काठमाडौँ । बेलायतले कोरोना भाइरस भ्याक्सिनको पहिलो पटक मानवमा परीक्षण गरेको छ । वृटिश सरकारको अक्सफोर्ड विश्वविद्यालयले बुधबार कोरोना भाइरसविरुद्धको खोप दुई व्यक्तिमा परीक्षण गरेको हो ।

परीक्षणका रुपमा दुई स्वयम्सेवकमा यो भ्याक्सिन लगाइएको थियो भने अध्ययनका लागि ८ सय भन्दा बढीलाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

विश्वविद्यालयले एक सम्भावित कोरोना भाइरसको भ्याक्सिन मानव परीक्षण सुरु गरेको हो, जसले एक वर्षभित्र नागरिकका लागि उपलब्ध गराउने लक्ष्य राखेको छ ।

बेलायती स्वास्थ्य मन्त्री मैट हैनकका अनुसार यो भ्यासिन परियोजनालाई बेलायती सरकारले पूर्ण सहयोग गरेको छ । यो भ्यासिन योजना Jenner Institute and Oxford Vaccine Group को संयुक्त पहलमा चल्ने बताइएको छ । यसका लागि बेलायत सरकारले २० करोड पाउण्ड सहयोग गर्ने योजना सुनाएको छ ।

यो भ्याक्सिन सुरुमा स्वस्थ युवाहरुमा प्रयोग गरिने छ त्यसपश्चातमात्र अरु उमेरका मानिसहरुमा प्रयोग हुने बताइएको छ । गर्भवती तथा स्तनपान गराउने महिलामा भने यो खोप नलगाइने जनाइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर प्रोफेसर सारा गिल्बर्टको टिमले ८० प्रतिशत सफलताको अपेक्षा गरेको छ । अर्का प्रोफेसर Andrew Pollard का अनुसार यदि परीक्षण सफल भएमा सेप्टेम्बरसम्म लाखौँ भ्याक्सिनहरु बन्नेछन् ।

यद्यपी विश्व स्वास्थ्य संगठन तथा ब्रिटेनका प्रमुख वैज्ञानिक सल्लाहकार सर पेट्रिक वालेसले भने कोभिड १९ विरुद्धको भ्याक्सिन पत्ता लगाउन १२ देखि १८ महिनासम्म लाग्ने कुरा पटक पटक भन्ने गरेका छन् ।

यसखालको परीक्षण यसअघि चीन तथा अमेरिकामा पनि चलिरहेको छ भने जर्मनले पनि यहि महिनाको अन्ततिर शुरु गर्दैछ । त्यसका लागि जर्मनीको संघीय भ्याक्सिन प्राधिकरणले अनुमति दिएको छ । (एजेन्सी)

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १४:१४ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...