back
CTIZAN AD

इपिसेन्टर तपाई नै हो भने राजिनामा दिनुस प्रधानमन्त्रीज्यू

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

834 

shares

प्रधानमन्त्री आफैंले याे अध्यादेश ल्याउन सल्लाह दिने आफ्नाे मन्त्रीपरिषद् र सचिवालका मान्छेहरू हटाएर आफूलाई सहयाेग गर्ने आलाेचनात्मक चेतना भएका नेता तथा विज्ञहरूलाई ल्याउने काम गर्नु बान्छनीय देखिन्छ । यदि तपाईं नै याे काण्डकाे इपिसेण्टरमा हाे भने पार्टीकाे बैठक राख्ने र प्रधानमन्त्रीबाट राजिनामा दिएर आराम गर्ने काम देश, जनता र पार्टीका लागि हितकर देखिन्छ ।

चितवनका चर्चित बामपन्थि बुद्धिजीवी प्रेम रिमालले काण्डहरुको इपिसेन्टर प्रधानमन्त्री नै हो भने राजिनामा दिन सुझाएका छन ।
अध्यादेश फिर्ता लिने जुन काम भयो त्यसको लागि प्रधानमन्त्रीलाई धन्यवाद भन्दै उनले ‘यदि तपाईं नै यो काण्डको इपिसेण्टरमा हो भने पार्टीको बैठक राख्ने र प्रधानमन्त्रीबाट राजिनामा दिएर आराम गर्ने काम देश, जनता र पार्टीका लागि हितकर देखिन्छ ।’ भनेका छन् ।

उनले भनेका छन् ‘प्रधानमन्त्री आफैंले यो अध्यादेश ल्याउन सल्लाह दिने आफ्नो मन्त्रीपरिषद् र सचिवालयका मान्छेहरू हटाएर आफूलाई सहयोग गर्ने आलोचनात्मक चेतना भएका नेता तथा विज्ञहरूलाई ल्याउने काम गर्नु बान्छनीय देखिन्छ । यदि तपाईं नै यो काण्डको इपिसेण्टरमा हो भने पार्टीको बैठक राख्ने र प्रधानमन्त्रीबाट राजिनामा दिएर आराम गर्ने काम देश, जनता र पार्टीका लागि हितकर देखिन्छ ।

प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरू पनि गोप्य रूपले खाली पुराना गुटका थाङ्ना ओडेर नहिँड्दा राम्रो । बरू यो सङ्कटको समयमा पार्टीलाई उच्च सतर्कताका साथ सक्रिय बनाउने, सरकारलाई पुरापुर सहयोग गर्ने, बाहिरबाट मिडिया, सामाजिक सञ्जाल, विज्ञहरू र स्वतन्त्र खालका बुद्धिजीवीहरूले सरकारका कामकारबाहीका विषयमा उठाएका कुराहरूलाई गम्भीरतापूर्वक हेर्ने सरकारलाई सतर्क रहन निर्देशन गर्दै विशेषगरी कोभिड- १९ का कारणले उत्पन्न परिस्थितिमा आपतमा परेका जनताको जीवन रक्षाका कार्यक्रम ल्याउने अभियानमा लाग्ने गरी सरकारलाई सहयोग गर्नु आजको अपरिहार्य आवश्यकता हो ।’

सरकारले रोगबाट जनता बचाएर मात्र हुँदैन बरू जनजीवनलाई नियमित बनाउनका लागि खाद्यवस्तुको उत्पादन, संरक्षण र न्यायिक वितरण गर्ने, विशेष खालका राष्ट्रिय गौरबका योजना सञ्चालन गर्नका लागि छिमेकी मुलुक र विश्वले अपनाएका हाम्रो सापेक्षताका कार्यक्रमहरू सञ्चालन गर्ने दिशामा राष्ट्रिय योजना आयोगको नेतृत्वमा, राष्ट्र बैंक, निजी क्षेत्रका व्यवसायी र विशेषज्ञहरू सहितको विज्ञ योजना छनौट तथा सिफारिस समिति बनाएर राष्ट्रिय अर्थतन्त्रको आकस्मिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने ।

पार्टी सचिवालयको वैठक नियमित गर्ने, गम्भीर समस्यामा रहेको अवस्थामा निर्णय गर्दा स्थायी कमिटीको बैठक भिडियो कन्फरेन्सका माध्यमले गर्ने, प्रमुख प्रतिपक्षी दललाई पनि यो विपतको घडीमा सँगै लैजाने उच्च नैतिकता पार्टीका अध्यक्षहरूमा हुनुपर्दछ । जनता रहे भने, देश जोगाउन सकियो भने पार्टी रहन्छ । परिस्थिति सामान्य बनेपछि पार्टीका साथीहरू र जनताको बीचमा विचार र कार्यक्रम लिएर जाने छुट त मिलिहाल्छ नि । राष्ट्रपति कार्यलयलाई दुईचारजना अत्यन्त अशिष्ट मान्छेहरूको सहज आउजाउबाट बचाउँदा ठीक । यसरी मात्र यो विषम परिस्थितिबाट जनता, देश र पार्टीको रक्षा गर्न सकिन्छ ।’

वि.सं.२०७७ वैशाख १२ शुक्रवार १४:४१ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...