१२ वैशाख, काठमाडौँ । राहत वितरण गरेको आरोपमा सरकारद्वारा गैरकानूनी रुपमा थुनामा राखिएका ‘हाम्रो नेपाल – हामी नेपाली अभियान’को अभियन्ता ज्ञानेन्द्र शाहीलाई थुनामुक्त गर्न सर्बाेच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
वरिष्ठ अधिवक्ता इन्द्रप्रसाद अर्यालले शाहीको तर्फबाट सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षिकरण निवेदन दर्ता गरेका हुन् । शाहिसहित शक्तिराज शाहीको नाममा संयुक्त निवदेन दर्ता गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरलाई समेत विपक्षी बनाएर हालिएको उक्त रिट निवेदनमा ‘बन्दीहरुलाई गैरकानुनी थुनामा राखिएकोले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी थुनाबाट थुनामुक्त गरी निजहरुको संविधान प्रदत्त हक प्रचलन गरी पाउँ’ भन्ने व्यहोरा उल्लेख छ ।
शाहीलाई मिति २०७७/०१/०९ गते ललितपुर जिल्ला वडा नं २७ नीजि निवासबाट साँझ ९ बजे नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:५३ मा प्रकाशित






























