१२ वैशाख, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
मन्त्री परिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले ती दुई अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयले जनाए अनुसार नेपाल सरकार मन्त्री परिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा(२) को खण्ड(ख) बमोजिम संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी र राजनीतिक दल सम्बन्धी अध्यादेश २०७७ खारेज गरेकी हुन् ।
मन्त्री परिषद्ले वैशाख ८ गते मात्र पास गरेको यी दुई अध्यादेश चौतर्फी विरोधका कारण आज बिहानमात्र मन्त्री परिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १६:०७ मा प्रकाशित






























