१२ वैशाख । लकडाउन बीच त्रिभुवन विश्वबिद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थान (IOM) ले पदाधिकारीहरु बीच अनलाइन छलफल सुरु गरेको छ ।
संस्थानका सहायक डीन प्रा डा ज्ञानबहादुर थापाका अनुसार संस्थानले आज तेस्रो चरणमा पदाधिकारीहरुको बीच अनलाइन बैठक सम्पन्न भएको हो ।
यसअघि २०७६ चैत्र ३० पहिलो पटक भएको थियो भने यहि बैशाख ६ गते दोस्रो पटक बैठक भएको थियो । लकडाउन अवधिभर कम्तिमा १ हप्तामा एक पटक अनलाइन छलफल गरिने बताइएको छ ।
बैठकले यसअघि रोकिएका र परीक्षा हुन नसकेको बिइ र एमएससीका परीक्षाहरु लकडाउन खुलेको कम्तीमा २ हप्ता बढीमा ३ हप्तासम्मको सूचना दिएर पुनः परीक्षा सञ्चालन गर्ने निर्णय अनलाइन बैठकले गरेको थापाले जानकारी दिए ।
इ.अ सं. अन्तर्गत चैत्र ३ गतेदेखि २७ दिनसम्म चल्ने स्नातक (वि.इ) तहको परीक्षा ३ दिन मात्रै संचालन भएर स्थगित भएको छ भने स्नातकोत्तर (एमएससी) तहको परिक्षा चैत्र ७ गतेदेखि शुरु हुनुपर्नेमा ६ गतेदेखि नै त्रि.बि. का सम्पूर्ण परीक्षाहरु स्थगित भएकोले उक्त परीक्षा शुरु हुन पाएका छ्रैनन् ।
‘यो सुचित गर्दै हाम्रा सम्पूर्ण विद्यार्थीहरुले यो विषम परिस्थितिमा सुरक्षित र सतर्क रहँदै अध्ययनमा पनि निरन्तरता दिइरहने छन् भन्ने अपेक्षा समेत गर्दछौं, थापा भन्छन् ‘विद्यार्थीहरुलाई आफ्नो परीक्षा कहिले होला, पर्याप्त सूचना पाइएला कि नपाइएला भन्ने चिन्ता हुनु स्वाभाविकै हो । फोन, म्यासेज गर्ने विद्यार्थीलाई Respond गरिरहेका छौं ।’
विद्यार्थीहरु परीक्षाको मुडमा रहेको यस परिबेशमा MSc Thesis को सुपरिवेक्षण गर्ने, Mid-term Defense गर्ने र गराउने र PHD तहको सुपरिवेक्षण गर्ने कार्य Online मार्फत गर्ने र गराउने बाहेक हाललाई अन्य पठनपाठन र परीक्षा संचालन गर्न सक्ने स्थिति अहिले छैन ।
उनले आफूहरु IOE का Curriculum, Semester Exam र Entrance Exam हरुलाई थप ब्यबस्थित गर्ने योजनाका साथ अघि बढीरहेको र केही कामहरु शुरु भएको बताएका छन् ।
सुपरिवेक्षण कार्य र IOE Graduate Conference सम्बन्धी कार्यहरु Online मार्फत Progressive Stage मा रहेको छ । साथै IOE ले निकट भविष्यमा सामान्य परिस्थितिमा पनि आफ्ना शिक्षण गतिबिधिलाई Online मार्फत सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल शुरु गरेको छ । यस सम्बन्धमा सबै सरोकारवालाहरुसँग बृहत छलफल गरेर अघि बढिने जानकारी पनि उनले दिएका छन् ।
‘यो महामारीले गर्दा हाम्रो Scheduled Deadline Meet गर्न नसकिएला, तर हामी कोभिड १९ को Post Effect लाई ब्यबस्थापन गर्दै Scheduled Plan लाई थप परिमार्जित र Reschedule गर्दै अघि बढिरहने नै छौं ।’ थापाले प्रतिबद्धता जनाएका छन् ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १७:१४ मा प्रकाशित






























