back
CTIZAN AD

कविताः चतुर

वि.सं.२०७७ वैशाख १३ शनिवार

702 

shares

कोरोनाले सास र्फेयो गडाङ गुडुङ भो
पानीविना हावा चल्यो धुलो उड्दै गो
संसार सबै हल्लियो डाङ डाङ डाङ डुङ
जीवन जगत् तर्सियो भ्वाङ भ्वाङ भ्वाङ भुङ

बस्ती बस्ती राहत रे स्वाङ स्वाङ स्वाङ सुङ
राहत कहाँ कसले पायो ? फोटो ढ्वाङ ढ्वाङ ढुङ
कतै गर्छ चट्याङ चुटुङ यता डाङ डाङ डुङ
लुकीछिपी कमाउ धन्दा हाङ हाङ हाङ हुङ

जति आए आफै जोगी माग्नै सिपालु
विपत्तिमा औसर छोप्ने आफै हितालु
गरी खाने सडकमा बाँचून् कसरी !!
ठगी खाने चतुर यी गरून् मन परी ??

कामकाजीहरूले उठ्नु पर्ने भो !
न्याय माग्नेहरूले जुट्नै पर्ने भो !!

पर्वत, हाल-नागर्जुन,३ काठमाडौं

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:०२ मा प्रकाशित

चारु

चारु

उत्तम विचार,काठमाडौँ सक्दैन जित्न युद्धले मन बुझ्नुपर्छ जतिसुकै मिलोस् समर्थन...

सुसेली : देशको कथा

सुसेली : देशको कथा

ललिता ‘दोषी’,बुद्धनगर , काठमाडौँ १. देश रुँदै छ आफ्नै स्वार्थ...

झिल्का कविता

झिल्का कविता

शम्भु गजुरेल, सिन्धुली १) सम्झाउन साह्रै गाह्रो तर सबैभन्दा त...

गजल

गजल

एकनारायण चापागाईं,दाङ कलम कापी किनेको सम्झना आयो पसल गर्दा चिनेको...

कविता : पाँच शब्द

कविता : पाँच शब्द

भुवन शिवाकोटी चौघरे,काठमाडौँ शून्य सबै शून्य छ तिमी विना सबै...

कविता : माया टाढाको जून

कविता : माया टाढाको जून

शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ माया साँच्चै टाढाको जून जस्तै...