back
CTIZAN AD

कविताः बर्ष,समुद्र र नियति

वि.सं.२०७७ वैशाख १३ शनिवार

864 

shares

छेउको समुद्रजस्तै
एकदम शान्त
मानौं न कहिले छालहरू आए
न कहिले किनारा लाग्दै गरेका
जहाजहरू छचल्किए ।
यी पूरै वर्ष
त्यसरी नै स्थिर भए
जसरी म भएं
मेरै स्निग्ध मनझैं ।

कसलाई सोधुं
समुद्रभित्रको ज्वार वा
भाटाभित्रको छाललाई ।
जो आफैं गुम्सिएका छन् ।
विद्रोहलाई सञ्चित गरेर
पर्खिरहेका छन्
मेरो मौनतालाई ।

लेखु के लेखुं
बोलुं के बोलुं
यो स्थिर समुद्रछेउ,
जहाँ मैले फ्याक्ने पत्थरले
न छाल ल्याउन सक्छ
न कम्प ल्याउन सक्छ
यी वर्षमा यो स्थिर समुद्रझैं
मेरै आफ्नै नियति-
शान्त, स्थिर र स्निग्ध
मेरै छेउको समुद्रझैं ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:०१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...