छेउको समुद्रजस्तै
एकदम शान्त
मानौं न कहिले छालहरू आए
न कहिले किनारा लाग्दै गरेका
जहाजहरू छचल्किए ।
यी पूरै वर्ष
त्यसरी नै स्थिर भए
जसरी म भएं
मेरै स्निग्ध मनझैं ।
…
कसलाई सोधुं
समुद्रभित्रको ज्वार वा
भाटाभित्रको छाललाई ।
जो आफैं गुम्सिएका छन् ।
विद्रोहलाई सञ्चित गरेर
पर्खिरहेका छन्
मेरो मौनतालाई ।
…
लेखु के लेखुं
बोलुं के बोलुं
यो स्थिर समुद्रछेउ,
जहाँ मैले फ्याक्ने पत्थरले
न छाल ल्याउन सक्छ
न कम्प ल्याउन सक्छ
यी वर्षमा यो स्थिर समुद्रझैं
मेरै आफ्नै नियति-
शान्त, स्थिर र स्निग्ध
मेरै छेउको समुद्रझैं ।
वि.सं.२०७७ वैशाख १३ शनिवार १०:०१ मा प्रकाशित