back
CTIZAN AD

कविता : ओ प्रिय मान्छे

वि.सं.२०७७ वैशाख १३ शनिवार

4.5K 

shares

ओ प्रिय मान्छे
पिरामिड जस्तै अग्लिएर
आफ्नो उचाइको अहङ्कार
अझै कति लम्ब्याउन चाहन्छौ ?
छोडेर दम्भका तामाहरू
भन, कुन बाँसझाङझैं
अग्लो हुन चाहन्छौ ?

अग्लो हुनु भनेको यथार्थमा
हिमाल झैँ पग्लनु हो,
नदी किनाराको रुखजस्तै
तटस्थ भएर उभिनु हो,
फलेको हाँगोझैँ झुक्नु पनि हो
र, आकाशझैँ निहुरिनु पनि हो
तर
केका लागि र कहाँसम्म
उक्लिन चाहिरहेका छौ तिमी ?
किन जमिन छोडेर आकाश छुन
चाहिरहेछौ तिमी ?

ओ प्रिय मान्छे !
आखाँभरि आगोको फूल फुलाएर
र,मनभरि अरिङ्गालले टोकेको
अनुभूति लिएर हेरिरहेंछु
ढकमक्क फूलहरूबाट
सौन्दर्य लुप्त भएको छ,
जिन्दगीको सुवास
हावामै विलिन भएको छ,
र, तिम्रो बेलगाम घमण्ड पनि
पहेंला पातसरी झरेको छ
र, एक्लो अस्थिपञ्जर भएर
बीच सडकमा ठिङ्ग उभिएको छ !

शक्तिशाली बन्ने होडमा
शस्त्र ब्यापार गरेनौ कि ?
भौतिकवादी उपलब्धीलाई
आफ्नो सिरानी बनाएनौ कि ?
तिम्रा उन्मादहरू
छताछुल्ल भएर पोखिइरहेको
ठीक यही समयमा
प्रकतिले पनि पो
कोल्टो फेर्याे कि ?
सिसिफस बनाएर तिमीलाई
औकात पो देखाइदियो कि ?

ओ प्रिय मान्छे !
मस्तिष्क जवाफहिन छ
कि यो हिँडिरहेको समय
अकस्मात् कहाँ हरायो ?
एउटा सुक्ष्म जीवाणुले
बम बनाउने हातहरूलाई
थररर कमाई दियो
मुटुका ढुकढुकीको गति
धिमा बनाई दियो ।

ओ प्रिय मान्छे !
एउटा कुरा बुझ तिमी
अब हामीले पनि
प्राप्तिको मात्रै चाहना त्यागेर
प्रकृतिले बनाएको
नियमानुसार चल्नुपर्छ

‘बसुधैव कुटुम्बकम्’ ले
के भनेको रहेछ बुझ्यौ नि ?
माया दिएर माया लिनुपर्छ ।
मेरो प्रिय मान्छे,
अब माया दिएर मात्र
माया लिनु पर्छ बुझ्यौ ?

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:०० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...