back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

762 

shares

पिठ्युँमा भारी र काखमा नानी बोकेर,
बिताए आमाहरुले जिन्दगानी बोकेर ।

बिहान ढिकि झाँतो र घाँस दाउरा गर्दै,
पाल्छन नगरि कुनै आनाकानी बोकेर ।

नाङ्गा खुट्टा पसिनामै आफू भिजेरपनि,
सम्हाले आफ्नै प्राणजस्तै ठानी बोकेर ।

बाबा ले दिन नसकेको स्नेह दिने गर्छन,
बच्चाहरुकै लागि बिताए जवानि बोकेर ।

भन्नै सकिदैन आमाको त्यो त्यागी शब्द,
गए धर्तिबाट बलिदानकै कहानी बोकेर ।

कसरी पूरा गर्छौ त्यो अभिभारा बच्चाले,
कयौँ जुनि बिताए त्यो मेहरवानी बोकेर ।

कुशे आउँसिमा मात्रै होईन सधै लाई बन,
छोरा छोरी नहिँडनु यस्तो नादानी बोकेर ।

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...