back

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

414 

shares
GLOBAL IME AD
NTC AD

पिठ्युँमा भारी र काखमा नानी बोकेर,
बिताए आमाहरुले जिन्दगानी बोकेर ।

बिहान ढिकि झाँतो र घाँस दाउरा गर्दै,
पाल्छन नगरि कुनै आनाकानी बोकेर ।

नाङ्गा खुट्टा पसिनामै आफू भिजेरपनि,
सम्हाले आफ्नै प्राणजस्तै ठानी बोकेर ।

बाबा ले दिन नसकेको स्नेह दिने गर्छन,
बच्चाहरुकै लागि बिताए जवानि बोकेर ।

भन्नै सकिदैन आमाको त्यो त्यागी शब्द,
गए धर्तिबाट बलिदानकै कहानी बोकेर ।

कसरी पूरा गर्छौ त्यो अभिभारा बच्चाले,
कयौँ जुनि बिताए त्यो मेहरवानी बोकेर ।

कुशे आउँसिमा मात्रै होईन सधै लाई बन,
छोरा छोरी नहिँडनु यस्तो नादानी बोकेर ।

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५९ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...