back
CTIZAN AD

कविताः एउटा आवाज

वि.सं.२०७७ वैशाख १३ शनिवार

924 

shares

प्रत्येक विहान, दिउसो र साझ
एउटा सजिव आवाज निस्किएर
निर्जिव बस्तुबाट
सोधीरहन्छ-
मेरो सन्चो बिसन्चो ।

प्रत्येक दिन एउटा दिल
मेरो दिलसँग अनायसै जोडिन्छ
र थाहा पाउछ-
मलाई-
भोक लागेको
तिर्खा लागेको
दिन लागेको
रिन लागेको
म हासेको
म रोएको
प्रत्येक पल एटा औलोकीक आत्मा
मेरो आत्मासँग जोडिएर
थाहा पाउछ-
मलाई रातभरि ज्वरो आएको
अनिद्रामा छटपटाएको
यति सम्मकि
चिसो लागेको
हाछ्यु आएको
र त सखरै,
एउटा निर्जिव बस्तुबाट
एउटा सजिब प्रश्न गुन्जिन्छ कानमा
बाबू त सन्चै छस्’

मेरो कपाल कास जस्तै फुले पनि
ज्यामीतीका अनेक धर्साहरु
कोरिए पनि अनुहारै भरि
म त आफू एउटा फुच्छे त्रिभुज हुँ
मेरी आमाको अगाडी
किनकि
पाइथागोरस त मेरै आमा हुन्
जो नजानेर पनि
जो नभनेर पनि
मलाई हरपल साउती गरिरहन्छिन्-
बाबु “h2 = p2 plus b2”

जय माता तिर्थ !

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५७ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...