back

कविताः एउटा आवाज

वि.सं.२०७७ वैशाख १३ शनिवार

471 

shares

प्रत्येक विहान, दिउसो र साझ
एउटा सजिव आवाज निस्किएर
निर्जिव बस्तुबाट
सोधीरहन्छ-
मेरो सन्चो बिसन्चो ।

प्रत्येक दिन एउटा दिल
मेरो दिलसँग अनायसै जोडिन्छ
र थाहा पाउछ-
मलाई-
भोक लागेको
तिर्खा लागेको
दिन लागेको
रिन लागेको
म हासेको
म रोएको
प्रत्येक पल एटा औलोकीक आत्मा
मेरो आत्मासँग जोडिएर
थाहा पाउछ-
मलाई रातभरि ज्वरो आएको
अनिद्रामा छटपटाएको
यति सम्मकि
चिसो लागेको
हाछ्यु आएको
र त सखरै,
एउटा निर्जिव बस्तुबाट
एउटा सजिब प्रश्न गुन्जिन्छ कानमा
बाबू त सन्चै छस्’

मेरो कपाल कास जस्तै फुले पनि
ज्यामीतीका अनेक धर्साहरु
कोरिए पनि अनुहारै भरि
म त आफू एउटा फुच्छे त्रिभुज हुँ
मेरी आमाको अगाडी
किनकि
पाइथागोरस त मेरै आमा हुन्
जो नजानेर पनि
जो नभनेर पनि
मलाई हरपल साउती गरिरहन्छिन्-
बाबु “h2 = p2 plus b2”

जय माता तिर्थ !

वि.सं.२०७७ वैशाख १३ शनिवार ०९:५७ मा प्रकाशित

सुसेली

सुसेली

रामशरण न्यौपाने, भक्तपुर चमत्कार छ सुसेलीको कोसेली धुवाँधार छ ।१...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

कविता : जाली सबैछन् यता

कविता : जाली सबैछन् यता

उत्तमकुमार पोखरेल सूर्य विनायक, भक्तपुर गर्छाै मोज अझै सके गर...

कविता : निभेछ देशको चुलो

कविता : निभेछ देशको चुलो

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर उठी बिहान मिर्मिरे पुगेँ त्यहाँ कतै...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. बाबा आमा अलग भए, स्वर्ग...

लघुकथा : मृत्युको मूल्य

लघुकथा : मृत्युको मूल्य

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ल आमा अझ थप...