back
CTIZAN AD

केही साइनोहरु

वि.सं.२०७७ वैशाख १३ शनिवार

876 

shares


धैर्यता र प्रतिक्षा,
जीवनका कसीहरु ।
जति घोट्यो उति चम्किलो !!


एउटै सृष्टिकर्ता,
लक्ष्य परनिर्भरता !
बढ्दै गयो किन शत्रुता ?


नारी छौ एक मात्र !
काम बाहिर र भित्र।
विभिन्न स्वरूप कि पात्र ।


खुस्किएको बन्धन,
सभ्यताको घोडा दौड़,
कुल्चिदियो सबै संस्कार।


संगीत माथि पौडी !
साहित्य भित्र डुबुल्की !
सुगम यात्रा जीवनको ।


सृष्टिको संरचना,
संरक्षण गर्न भुल्यो ।
आफैं दण्ड भोग्दैछ मान्छे !


हर्षित थिए सबै
रुँदै जन्मिएको क्षण
हाँस्न पाउँदा ईर्ष्या बढ्यो ।


बाटो भरी तघारो,
आफ्नै घर पुग्न गार्हो,
न घर न घाटको पार्यो।


विवेकशील मान्छे,
जात धर्म भिन्न भन्छौ ।
पाठ सिक कोरोना सँग !

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:०३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...