back
CTIZAN AD

नेपालमा हालसम्म ४९ हजार बढीमा कोरोना परीक्षण, क्वारेन्टाइनमा साढे १४ हजार, रेडजोनमा २९० जना

वि.सं.२०७७ वैशाख १३ शनिवार

891 

shares

१३ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म ४९ हजार ३३६ जनामा कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार नमुना परीक्षण गरिएकामा पिसीआर प्रबिधिबाट ९ हजार ६६६ जना र आरडिटी (र्यापिड डाइग्नोष्टिक) बाट ३० हजार ६७० जनामा परीक्षण गरिएको छ । पछिलो २४ घण्टामा १ हजार ९४५ जनामा र्यापिड प्रविधिबाट परीक्षण गरिएको हो ।

यस्तो छ प्रदेशमा गरिएको परीक्षण विवरण
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ४ हजार १६०, प्रदेश २ मा ५ हजार ४४, बाग्मती प्रदेशमा ७ हजार ४६७, गण्डकी प्रदेशमा ४ हजार ८७१, प्रदेश नम्बर ५ मा २ हजार ९५०, कर्णाली प्रदेशमा ४ हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा १० हजार २०४ जनामा परीक्षण गरिएको हो ।

क्वारेन्टाइन, आइसोलेसन र रेडजोनमा
हालसम्म देशका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा १४ हजार ७३१ जना रहेका छन् । जसमा सबैभन्दा कम बाग्मती प्रदेशमा १३१ जना रहेका छन् भने सबैभन्दा बढी प्रदेश ५ मा ७ हजार ९५६ जना रहेका छन् ।

त्यसैगरी आइसोलेनमा हालसम्म ८७ जना रहेका छन् । जसमा उपत्यकामा तीनजना र बाहिर ८४ जना रहेका छन् । साथै आजसम्म रेडजोनमा २९० जना रहेका छन् । उनीहरुको कन्ट्रयाक ट्रेसिङको कार्य भइरहेको छ ।

नेपालमा हालसम्म ४७ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ८९ र रेडजोनमा २८७ जना

वि.सं.२०७७ वैशाख १३ शनिवार १६:४७ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...