back
CTIZAN AD

बेल्जियमले बढायो लकडाउन

वि.सं.२०७७ वैशाख १३ शनिवार

819 

shares

२५ अप्रिल । कोरोना भाइरस(कोभिड १९) का कारण ६ हजार बढीको मानवीय क्षति भोगेको बेल्जियमले लकडाउन खुकुलो गर्ने अपेक्षा विपरित बढाएको छ ।

बेल्जियमबाट विष्णु भुजेलका अनुसार बेल्जियमका भाईरसको असर केही घट्दै गएको भन्दै लकडाउन खुकुलो हुने अपेक्षा गरिएपनि बिशेषज्ञहरुको सुझावको आधारमा पुन बढाएर मे ११ सम्म पु¥याएका छ ।

बेल्जियमका भाईरसले कोभिडको असर केही झरेको जस्तो देखिए पनि नियन्त्रणभित्र रहेको भन्न नसकीने, लकडाउन खुकुलो गर्न नसकीने तर सरकारलाई गर्नै पर्ने छ भने गर्न सक्छ भन्ने तर्क गर्ने गरेका थिए ।

उनीहरुले यदि सरकारले लकडाउनको नियम खुकुलो गर्ने हो भने तीनवटा नियम अनिवार्य पालना गर्नुपर्ने सुझाव दिएका थिए ।
१) आफुलाई कोरोनाको सामान्य लक्ष्यण हुनासाथ स्वास्थ्यकर्मीलाई खबर गर्ने, घरबाहिर ननिस्कने छुट्टै बसीहाल्ने
२) कोरोना सम्बन्धी समाजिक दुरी अनिबार्य पालना गर्न पर्ने
३) साबुनपानीले हात धोई रहने, भन्ने सुझावका आधारमा सरकारले मे ४ बाट खुकुलो पार्ने भनेर गरेको तयारी मे ११ को लागि सारेको छ। त्यहिपनि यो पर्ख र हेरको अबस्था भएको भुजेलले जानकारी दिएका छन् ।

बेल्जियममा करिब ३००० को परिक्षण गर्दा ३ प्रतिशतलाई रोग नलाग्ने वा भाईरस सरे पनि बिरामी नहुने गरेको पत्ता लागेको बताइएको छ । यो भाईरस नियन्त्रणमा लिनको लागी जति सक्दो धेरैलाई (सबै जनसंख्यालाई) परिक्षण, संक्रमितलाई सरकारले नै छुट्टै राख्ने व्यवस्था गर्ने र उपचार गर्ने। यो तीन कुराको तयारी नभएसम्म कोरोना नियम हटाउन नमिल्ने ब्यापक सुझाब अनुसार यहि ४ सम्ममा दैनिक २५००० सम्मको टेस्ट क्षेमता बढाऊने, कोरोना लक्षण देखिएका बिरामीहरुको हिस्ट्री हेर्ने र दुई हप्ता अगाडी देखिको बिरामीको सम्पर्कमा रहेकाहरुलाई पनि तत्काल टेस्ट गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसका लागि मात्र २५०० जना टेलिफोन सम्पर्क गर्ने कर्मचारी नियुक्त गर्ने बताइएको छ।

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्षसमेत रहेका विष्णु भुजेल भन्छन् ‘टेस्ट क्षमता बढ्दै छ, हिजोका दिनमा देखिएका अस्तव्यस्ता व्यवस्थित हुँदैछन, मानसिक तनाब घट्दै छ तर नियन्त्रण भएको हैन। सुरक्षित बसौं। कोरोना नियम पालन गरौं। काम गर्दा मास्क पन्जा अनिबार्य प्रयोग गरौं। आफु र समुदायको हितमा काम गरौं।’

वि.सं.२०७७ वैशाख १३ शनिवार १६:३२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...