back
CTIZAN AD

नेपालमा ५१ हजार बढीमा कोरोना परीक्षण, क्वारेन्टाइनमा १७ हजारबढी र रेडजोनमा २९६ जना, आज ४ जना डिस्चार्ज

वि.सं.२०७७ वैशाख १४ आइतवार

744 

shares

१४ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म ५१ हजार ३६७ जनामा कोरोना परीक्षण गरिएको छ । पछिल्ला २४ घण्टामा २ हजार ९९६ जनामा परीक्षण गरिएको हो ।

जसमा पिसीआर प्रविधिबाट ९ हजार ९३१ र आरडिटीबाट ४१ हजार ४३५ जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशको परीक्षण विवरण
त्यसैगरी प्रदेशको विवरण अनुसार प्रदेश  १ मा ४,३०८, प्रदेश २ मा ५,१४१, बाग्मती प्रदेशमा ७,५९१, गण्डकी प्रदेशमा ४,९२४, प्रदेश नं ५ मा ३,३२६, कर्णाली प्रदेशमा ४,९७४ र सुदूरपश्चिम प्रदेशमा ११,१७२ मा आरडिटी परीक्षण गरिएको हो ।

क्वारेन्टाइन, आइसोलेसन र रेडजोनमा
देशभरी विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा १७ हजार २५ जना रहेका छन् भने आइसोलेनमा ११० जना रहेका छन् । उनीहरुमा ६ जनाको उपत्यकामा र १०४ जनाको उपत्यका बाहिरका अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै हालसम्म रेडजोनमा १९६ जना रहेका छन् र उनीहरुको ट्रेसिङ कार्य भइरहेको समेत मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपालमा थप दुईजनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

आइतबार ४ जना डिस्चार्ज
नारायणी अस्पताल विरगन्जमा उपचार गराईरहेका रौतहटका १९ वर्षीय युवा १२ दिनमा र अन्य तीनजना पुरुष १५ दिनको उपचारपछि निको भएर फर्किएका छन् । उनीहरु तीनैजना भारतीय नागरिक रहेको र लकडाउनका अवधिभर भारत फर्कन नसक्ने भएकाले क्वारेन्टाइनमा राखिने बताइएको छ । उनीहरु ४ जनासँगै डिस्चार्ज हुनेको संख्या अहिलेसम्म १६ पुगेको छ ।

नेपालमा हालसम्म ४९ हजार बढीमा कोरोना परीक्षण, क्वारेन्टाइनमा साढे १४ हजार, रेडजोनमा २९० जना

मन्त्रालयका अनुसार संक्रमित मध्ये धनगढीमा १, विरगन्जमा ३, चितवनमा १ र विराटनगरमा ३० जना उपचाररत छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १७:१४ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...