back
CTIZAN AD

अमेरिकामा तीनदिनमा दुई नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख १५ सोमवार

828 

shares

१५ बैशाख, काठमाण्डौं । अमेरिकामा एकैसातामा दुई नेपालीको मृत्यु भएको छ । जसमा एक जनाको कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण र एकजना घरभित्रै मृत भेटिएका थिए ।

अमेरिकाको कोलोराडोको बोल्डरमा बस्ने लोकेन्द्र कार्कीको २४ अप्रिल (शनिबार) कोरोना संक्रमणका कारण मृत्यु भएको हो । सपरिवार बोल्डरमा बस्दै आएका उनका दुई छोरी र एक छोरा रहेका छन् भने अमेरिकाबाट नेपाल आएकी श्रीमती लकडाउनका कारण नेपालमै रोकिएकी छन् ।

उनको मृत्युले मर्माहत भएको भन्दै अमेरिकामै रहेका गीतकार ज्ञानेन्द्र गदालले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

विराटनगर महानगरपालिका ३ घर भएका कार्की लामो समयदेखि बोल्डरमा रहदै आएका आएका थिए ।

त्यसैगरी अमेरिकाकै टेक्सासमा रहेका पोखराका दीपेश थापा विहिबार आफ्नै घरभित्र मृत भेटिएका छन् ।

उनका दाजु दिवस थापाका अनुसार पटक पटक फोन गर्दा पनि नउठेपछि कोठामा गएर हेर्दा उनी अचेत भेटिएका थिए । दिवसले तत्काल एम्बुलेन्स बोलाएका थिए । तर, एम्बुलेन्सका स्वास्थ्यकर्मीले दिपेशको मृत्यु भइसकेको जानकारी दिएका थिए । उनको मृत्यु हृदयघातबाट भएको प्रारम्भिक अनुसन्धानमा बताइएको छ ।  १७ वर्षदेखि अमेरिकामा रहँदै आएका थापा श्रीमती र दाजुसहित अमेरिकामा रहेका थिए ।

वि.सं.२०७७ वैशाख १५ सोमवार ०९:२० मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...