back
CTIZAN AD

इटालीले लकडाउन खुल्ला गर्दै

वि.सं.२०७७ वैशाख १५ सोमवार

810 

shares

२७ अप्रिल । कोरोना भाइरस कोभिड १९ का कारण दोस्रो क्षति भोगेको देश इटालीले लकडाउन खोल्ने भएको छ ।

इटालीबाट हरि काराखेतीले जानकारी दिए अनुरा कोरोनाभाइरस संगको सहअस्तित्वमा इटालीभरि मे ४ बाट लकडाउन खोलिने भएको हो ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा घट्दै गएको अवस्थामा इटालियन सरकारले विभिन्न राजनीतिक पार्टीहरु, डाक्टर तथा बिज्ञहरुसंग बसेको बैठकपछि लकडाउनलाई चरणबद्ध रूपमा समाप्त गरिने घोषणा गरेको छ ।

इटालीको प्रधानमन्त्री जुसेप्पे कोन्तेले लकडाउन समाप्त गर्न भिन्नभिन्न समयमा विविध चरणबाट खुकुलो बनाउदै लैजाने बताएका छन् ।
आउदो मे ४ बाट लकडाउन खुकुलो बनाइ पनि प्रत्येक नागरिकले अनिवार्य मास्क लगाउनु पर्ने, सामाजिक दुरी कायम गरी एक मिटरको सुरक्षा दूरी अपनाएर हिड्डुल गर्न पाउने छन् ।

एक अञ्चल  (Zona) बाट अर्को अञ्चलको प्रवेशमा भने अझै कडाइ गरेको छ । सेल्फ प्रमाणिकरण (L’autocertificazione)साथमा लिगेर विशेष कामको लागि, स्वास्थको कारणले र लकडाउनका कारण छुट्टीएर बस्नु परेका कामदारहरु, विद्यार्थीहरु र एउटै घर परिवारका सदस्यहरू भेटघाट गर्ने उदेश्यले यात्रा गर्न पाउनेछन् ।

प्रधानमन्त्री जुसेप्पेका अुनसार समय गति अनुसार परिस्थितिमा क्रमश सुधार हुदै जाँदा सरकारी तवरबाट पनि नंया नियमहरु जारी गरिने छ ।मे 18 बाट निर्णयहुने गरि प्रोफेसनल खेलाडीहरु र अन्य सामूहिक पेशेवरहरूको खेलहरूको तालिम तथा प्रशिक्षण सुरुवात हुनेछ तर खेलाडीले द्द मिटरको सुरक्षा दुरि अपनाउन पर्ने र भिडभाड गर्न सख्त मनाही छ ।

जुन 1 बाट रेस्टुरेन्ट, बार, सैलुन तथा हेयरड्रेसरहरू  (Parrucchieri e Barbieri)  अनिवार्य मास्क प्रयोग गरि एक पटकमा एक जनाले मात्र प्रवेश गर्न पाउने । रेस्टुरेन्ट बार भित्र बसेर खान मनाही छ र त्यहाबाट खाजा बोकेर अफिसमा अथवा अरु कुनै सहज हुने ठाउँमा बसेर खान सकिने छ ।

स्कुलहरु भने आगामी सेप्टेम्बरबाट मात्र खुलाइने जनाइएको छ । जनजीवन पहिले जस्तै सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्ने छ ।

प्रधानमन्त्री जुसेप्पेका अुनसार समय गति अनुसार परिस्थितिमा क्रमश सुधार हुदै जाँदा सरकारी तवरबाट पनि नंया नियमहरु जारी गरिने छ ।

आजको मितिसम्म Coronavirus का कारण सन्सारमा दुई लाख मानिसहरूको मृत्यु भैसकेको छ भने 2,9  मिलियन भन्दा बढी सन्क्रमित भएका छन् । इटाली भित्र मात्रै 197675 जना सन्क्रमित भएका थिए भने मृत्यु हुनेको संख्या 26644 पुगेको छ ।

नेपाली समाज रोमका अध्यक्षसमेत रहेका हरि काराखेती नेपालले पनि विज्ञहरुसँग छलफल गरी विस्तारै विस्तारै लकडाउन खुल्ला गर्दै जानु पर्ने सुझाव दिएका छन् । उनी भन्छन् “नेपाल सरकारले पनि लकडाउनको अन्त्य बिज्ञहरुको परामर्शमा बैज्ञानिक तवरले सोच्न जरुरी छ । सरकारी स्कुलको घण्टी बज्ना साथ सबै विद्यार्थीहरु एकैसाथ कक्षा कोठाबाट बाहिर निस्किए जस्तै तथा फ्लिम हलमा फ्लिम सकिएको घन्टी लागेपछि भित्र भएका हुरुरुरु बाहिर निस्केझैं नहोस, लकडाउन खोलेको घन्टी लगाउँदा र क्रमशः आवश्यकता अनुसार भिडभाड नहुने गरि सुरक्षा दुरि अपनाउनु अत्यावश्यक छ ।

नियमितरूपमा सरसफाइ र सामाजिक सुरक्षा दुरि अपनाउनु नै कोरोना संक्रमण हुन बाट जोगिने मुख्य उपाय हुन् ।”

वि.सं.२०७७ वैशाख १५ सोमवार ०९:२१ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...