back
CTIZAN AD

नेपाली समाज अमेरिकाद्धारा कारबाहीको माग

वि.सं.२०७७ वैशाख १५ सोमवार

681 

shares

१५ बैशाख, अमेरिका । नेपाली समाज अमेरिकाले सांसद् तथा पूर्वरामज्यमन्त्री सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको आरोप लागेका सांसदद्धय महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाललाई कारबाहीको माग गरेको छ ।

समाजले आइतबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको सांसदहरुलाई प्रलोभनमा पार्ने गुण्डागर्दी शैलीमा अपहरण गरी होटलमा जवर्जस्ती शरीर बन्धक बनाउने लगायतका आपराधिक कार्यमा संलग्न भएको आरोप लगाउँदै कारबाहीको माग गरेको हो ।

‘समाजवादी पार्टीको सांसदहरुलाई प्रलोभनमा पार्ने गुण्डागर्दी शैलीमा अपहरण गरी होटलमा जवर्जस्ती शरीर बन्धक बनाउने लगायतका आपराधिक कार्यमा संलग्न सत्तारुढ दलका सांसदहरु महेश बस्नेत, कृष्ण कुमार श्रेष्ठ र पूर्व आइ जी पी सर्वेन्द्र खनालहरुलाई तुरुन्त कारवाही होस् भन्ने जोडदार माग गर्दछौ ।’ नेपाली समाज अमेरिकाका अध्यक्ष समिर मर्हजन र महासचिव मनु लोहोरुङ राईद्धारा जारी गरिएको विज्ञिप्तिमा भनिएको छ ।

‘सम्पूर्ण विश्व कोरोना (कोविड (१९) को संक्रमणको महामारीबाट गुज्रिरहेका बेला नेपालकै सन्दर्भमा पनि मूलुक लकडाउनले ठप्प रहेको अवस्थामा र जनताले सास्ती खेपीरहेको अवस्थामा आफ्नो अभिष्ट पूरा गर्न अध्यादेश ल्याउने र तत्कालीन समाजवादी पार्टीलाई विभाजन गर्न उद्धत रहेका प्रधानमन्त्री के पी ओलीको घृणित कार्यको घोर भर्त्सना गर्दछौं ।’ विज्ञप्तिमा थप भनिएको छ ।

त्यस्तै किर्तीपुरमा राहत वितरणका क्रममा समाजवादी बिद्यार्थी युनियन सम्वद्ध बिद्यार्थीहरु उपर हातपात र धर पकड गरिएको भन्दै समाजले सोको भत्र्सना गर्दै दोषी उपर कारवाहीको माग गरेको छ । साथै कोरोनाको कारणले विश्वका बिभिन्न मुलुकमा अलपत्र तथा बिपतमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘हालै नेपालमा घटेको राजनीतिक घटनाक्रमको सन्दर्भमा नेपाली समाज अमेरीकाको ध्यानाकर्षण भएको छ्र सर्व प्रथम समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकृत भइ “जनता समाजवादी पार्टी“ गठन भएकोमा गर्व महसुस भएको छ्र नव गठित जनता समाजवादी पार्टीमा आवद्ध नेता तथा कार्यकर्ता सम्पूर्णलाई हार्दिक बधाई दिन चाहन्छौँ । ज–जसले यो महान कार्यमा योगदान दिनु भो वहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ,’ विज्ञप्तिमा भनिएको छ, ‘अब आउने बाँकी दिनहरुमा पद र सत्ताको स्वार्थमा नलागी निस्वार्थ रुपले मूलुकमा थाती रहेको संविधान शंसोधन,समाबेशिता लगायत देशको समृद्धिको लागि कटिवद्ध रहनु होश शुभ कामना दिन चाहन्छौँ ।’

प्राणघातक कोरोनाको कहर सम्पूर्ण विश्वले खेपी रहेको सन्दर्भमा र बिशेष गरी अति प्रभावित क्षेत्र न्यूयोर्क अमेरिकाबाट यस्तो अवस्थामा राजनीतिक छलफल वा कुनै टिका टिप्पणी गर्ने मनसाय नहुदा नहुदै पनि उत्पन्न परिस्थितिको कारण यो बिज्ञप्ति जारी गरीएको छ पनि समाजले बताएको छ ।

 

वि.सं.२०७७ वैशाख १५ सोमवार ०९:५० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...