१५ बैशाख, काठमाडौ । यी हुन आफ्नो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको डेब्यु खेलमै ह्याट्रिक लिने ४ खेलाडी :
१. तैजुल इस्लाम

बंग्लादेश क्रिकेट टिमका स्पिनर तैजुल इस्लाम यस सुचिको पहिलो नम्बरमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु २०१४ मा जिम्बावे विरुद्ध गरेका थिए । उनले आफ्नो डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्दै एकदिवसीय क्रिकेटको डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्ने पहिलो खेलाडी बनेका थिए । उनले त्यस खेलमा ७ ओभर गर्दै ४ विकेट हात पारेका थिए ।
२. कागिसो रबाडा

दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडा यस सुचिको दोस्रो नम्बरमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु २०१५ मा बंग्लादेश विरुद्ध गरेका थिए । उनले आफ्नो डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्दै एकदिवसीय क्रिकेटको डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्ने दोस्रो खेलाडी बनेका थिए ।उनले त्यस खेलमा ८ ओभर गर्दै ६ विकेट हात पारेका थिए ।
३. वानिन्दु हसरंगा

श्रींलकाका फास्ट बलर वानिन्दु हसरंगा यस सुचिको तेस्रो नम्बरमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु २०१७ मा जिम्बाबे विरुद्ध गरेका थिए । उनले आफ्नो डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्दै एकदिवसीय क्रिकेटको डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्ने तेस्रो खेलाडी बनेका थिए । उनले त्यस खेलमा २.४ ओभर गर्दै ३ विकेट हात पारेका थिए ।
४. शेहान मदुशंका

श्रींलकाका फास्ट बलर शेहान मदुशंका यस सुचिको चौथो नम्बरमा रहेका छन । उनले आफ्नो अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु २०१८ मा बंग्लादेश विरुद्ध गरेका थिए । उनले आफ्नो डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्दै एकदिवसीय क्रिकेटको डेब्यु खेलमा ह्याट्रिक प्राप्त गर्ने चैथो खेलाडी बनेका थिए । उनले त्यस खेलमा ६.१ ओभर गर्दै ३ विकेट हात पारेका थिए ।
वि.सं.२०७७ वैशाख १५ सोमवार १०:०२ मा प्रकाशित






























