back
CTIZAN AD

स्याङ्जाका मित्र काफ्ले क्यानाडामा विआरएसी संस्थाको निर्देशकमा नियुक्त

वि.सं.२०७७ वैशाख १५ सोमवार

1.8K 

shares

लामो समय देखी क्यानडामा रँहँदै आएका सामाजिक अभियन्ता मित्र काफ्ले क्यानडामा विआरएसी(ब्रम्पटन रेसिडेन्ट एशोसिएसन)को निर्देशकमा नियुक्त भएका छन् ।

काफ्लेलाई विआरएसीका सभापति कुरियन प्राक्कनमले संस्थाको निर्देशकमा नियुक्त गरेका हुन् ।

स्याङ्जा घर भै लामो समय देखी क्यानाडामा उद्यमी तथा समाजसेवीको रुपमा काम गर्दै आएका काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा परिचित छन् ।

काफ्लेले महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आएका छन् ।

गैर नेपाली संघ (एनआरएनए) क्यानाडाका संस्थापक तथा एशोसिएन अफ नेप्लिज इन अमेरिकाज्का उपाध्यक्ष, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशनको अध्यक्ष समेत भइ कार्य अनुभव बटुलिसकेका छन् ।

ब्राम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लवको (चार्टर), क्यानाडाको संस्थापक पहिलो निर्वाचित सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक सिमाविहीन अन्तर्राष्टिय क्यानडा शाखाको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कार्य गरीसकेका छन् ।

यो पनि हेर्नुस्

क्यानडा पार्लियामेन्टद्वारा लायन मित्र काफ्ले सम्मानित

वि.सं.२०७७ वैशाख १५ सोमवार १०:०८ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...