back
CTIZAN AD

अभिव्यक्ति दिँदा गम्भीर बन्न भन्दै चिकित्सक संघले दियो स्वास्थ्य सचिवलाई यस्तो चेतावनी

वि.सं.२०७७ वैशाख १५ सोमवार

678 

shares

१५ बैशाख, काठमाण्डौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालालाई अभिव्यक्ति दिँदा गम्भीर विचार गर्न चेतावनी दिएको छ ।

विश्वव्यापी कोरोनाको संक्रमणको महामारी र नेपालमा अनि यसको रोकथामका लागि हर प्रयास भइरहेको र चिकित्सक तथा स्वास्थ्यकर्मीले फ्रन्ट लाइनमा बसेर काम गरिरहेको अवस्थामा स्वास्थ्य सचिव कोइरालाले विभिन्न संचारमाध्यम मार्फत् अत्यन्तै अशोभनीय र अभ्रद बोली बोल्दै अन्तर्वार्ता दिएको प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अग्रपंक्तिमा रही यो महामारीसँग जुध्नका लागि सार्वजनिक आव्हान भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको अभिभावकको रुपमा रहेका जिम्मेवार व्यक्तिले नै चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्गायी, अस्थायी वा करार नि भेदभाव गर्ने, जस्तो कार्यले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मनोबल उच्च पार्न नसक्ने र समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएको हुँदा यस सम्बन्ध्मा गम्भीर विचार गरी अभिव्यक्ति सार्वजनिक गर्न चिकित्सक संघ आग्रह गर्दछ ।’ संघद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संघले स्वास्थ्य मन्त्रालय अन्तर्गतका चिकित्सकहरुको स्थायी दरबन्दी न्यून भएको एवं स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा करार, दैनिक ज्यालादारीमा चिकित्सकहरुको नियुक्ति गर्नुको साटो स्थायी दरबन्दी वृद्धि गरी तत्काल लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गर्दै चिकित्सकको मनोबल वृद्धि गर्न समेत माग गरेको छ ।

स्मरण रहोस्, केहीदिनअघि डा. शेरबहादु पुनको विषयमा सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा रहेको र कुनैबेला पनि हटाउन सकिने भन्ने अभिव्यक्ति दिएपछि उनी विवादित बनेका थिए ।

वि.सं.२०७७ वैशाख १५ सोमवार ११:५५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...