back
CTIZAN AD

राजनीतिको चतुर खेलाडी

वि.सं.२०७७ वैशाख १५ सोमवार

783 

shares

ए देशका आम नागरिकहरू हो
चिनेका छौ मलाई ?
म देश दाउमा राखी
राजनीति खेल खेल्ने
हुँ एक चतुर खेलाडी

मेरो स्वार्थ पूरागर्न
आफू बलियो हुन
जेपनि गर्न सक्छु
झगडा गर्न सक्छु
मान्छे कुट्न सक्छु
चोरी डकैती गर्न सक्छु
अपहरण, हत्या र हिंसा सबै गर्न सक्छु
किनभने
म देश दाउमा राखी
राजनीति खेल खेल्ने
हुँ एक चतुर खेलाडी

मलाई मान अपमानले छुदैन
धृणा र प्रेमले कुनै असर गर्दैन
मेरो स्वार्थ पूरा गर्न
आफू बलियो हुन
जेपनि गर्न सक्छु
लाज पचाउन सक्छु
लम्पसार पर्न सक्छु
स्वाभिमान बेच्न सक्छु
संस्कार त्याग्न सक्छु
म आफ्नै आमाको कोखमा
लात मार्न सक्छु
किनभने
म देश दाउमा राखी
राजनीति खेल खेल्ने
हुँ एक चतुर खेलाडी

फरक छ तिमी र म मा
तिमी मेरा कृत्यलाई
सोच्नै नसकिने कुकर्म ठान्छौ
म यसलाई स्वाभाविक कर्म ठान्छु
तिमी मेरो कर्मलाई अधर्म मान्छौ
म यसलाई मेरो धर्म मान्छु
तिमी यसलाई शर्म मान्छौ
म यसलाई गर्व ठान्छु
किनभने
म देश दाउमा राखी
राजनीति खेल खेल्ने
हुँ एक चतुर खेलाडी

मलाई थाहा छ
तिमी मलाई अपार घृणा गर्छौ
धृणाको समुन्द्रमा
आनन्दले पौडिदै जब म
चुनावमा भोट माग्न
तिमी सामु पुग्छु
आकाश पाताल जोडछु
तिम्रा संवेदनालाई छुन्छु
सपनाको चकलेट बाड्छु
ङिच्च दाँत देखाउदै
नमस्कार गर्छु
केही भरौटेलाई
चारा छर्छु, केहीँलाई दाह्रा धस्छु
साम नाम दण्ड भेद
सबै बराबर प्रयोग गर्छु
र विजयी हुन्छु अत्याधिक मतले
किनभने
म देश दाउमा राखी
राजनीति खेल खेल्ने
हुँ एक चतुर खेलाडी ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १२:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...