back
CTIZAN AD

मकाउका नेपालीको समस्यामा सहयोग गर्न ‘नेपाली सहयोगी हात’ स्थापना

वि.सं.२०७७ वैशाख १५ सोमवार

897 

shares

१५ बैशाख, मकाउ । मकाउमा रहेका नेपालीहरुमा भैपरी आउने समस्यामा सहयोग गर्नका लागि सुदर्शन थापाको अध्यक्षतामा ‘नेपाली सहयोगी हात’ नामक कल्याणकारी कोष स्थापना भएको छ ।

उदय वाग्लेको अध्यक्षता तथा व्यवसायी, समाजसेवी, बुद्धिजीवी, गैरआवासीय नेपाली संघका पूर्वआइसीसी सदस्य, पूर्वएनआरएन अध्यक्ष र सदस्य लगायत मकाउमा कार्यरत नेपाली समुदायहरुको उपस्थितिमा बसेको बैठकले ‘नेपाली सहयोगी हात’ को स्थापना गरेको हो ।

सो संस्थाको कोषको संचालक समिति निर्देशक उदय वाग्ले रहेका छन् भने अध्यक्ष सुदर्शन थापा मगर, महासचिव रमेश अधिकारी, कोषाध्यक्ष शम्सेर थापा मगर, सहकोषाध्यक्ष सन्जीव कोयी र संयोजक निर्मला थापा मगर रहेकी छन् ।

मकाउमा नेपाली समुदायभित्र आकस्मिक भैपरी आउने संकटबाट सहयोग तथा उद्धारका लागि आपतकालीन उद्धार टोली समेत चयन गरिएको छ । जसमा मान बहादुर श्रेष्ठ, माईला विक, प्रेम विक, दीपक थापा र रोजन लामाको टोली रहेका छन् ।

त्यसैगरी कल्याणकारी कोषको अर्को बैठकमा निर्णय गर्ने गरी मिडिया, महिला सञ्जाल, संस्कृति महोत्सव र खेलहरू र सदस्यताको विषयमा छलफल गरेर समिति विस्तार गर्ने बताइएको छ । साथै कल्याणकारी कोषले मिडिया पार्टनरका रुपमा हिमाली संचार डटकमलाई राख्ने निर्णय समेत गरेको छ ।

कोषले नेपाली समुदायवीचको भाईचारा अभिवृद्धि तथा सद्भावको लागि आगामी मे ३१ तारीख आइतबार व्याडमिन्टन र बुद्धिचाल खेल समेत आयोजना गर्ने निर्णय गरेको छ ।

खेल हुने स्थान र पुरस्कारको विषयमा आगामी बैठकद्धारा निर्णय गरेर जानकारी गरिने नवगठित कोषका अध्यक्ष थापाले जानकारी दिएका छन् ।

सोहि अवसरमा संचालक समितिका निर्देशक उदय वाग्लेले कल्याणकारी कोषका लागि मकाउ डलर मोप. १० हजार कोषाध्यक्ष शम्सेर थापालाई हस्तान्तरण गर्दै कल्याणकारी कोषमा रकम जम्मा गरेर शुभारम्भ समेत गरेका छन् ।

निर्देशक वाग्लेले १० हजार सर्जिकल माक्स र १० थान सेनिटाइजर समितिमा हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् । उक्त सामग्री मकाउमा रहेका नेपाली समुदायका लागि वितरण गरिने पनि कोषले जनाएको छ ।

निर्देशक वाग्ले मकाउ र चीनमा विगत लामो समयदेखि व्यापार, व्यावसाय गर्दै आएका छन् । समाजसेवी समेत रहेका वाग्ले नेपाली समुदायका अगुवाका रुपमा परिचिति छन् ।

वि.सं.२०७७ वैशाख १५ सोमवार १३:१० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...