१५ बैशाख, कुवेत । कुवेत सरकारले अवैधानिक रुपमा बसेका आप्रवासी कामदारका लागि घोषणा गरेको आममाफी सदुपयोग गर्दै देश फर्कनका लागि १७०० नेपाली दाजुभाइ तथा दिदी बहिनीले आवेदन दिएका छन् ।
नेपाली दूतावास कुवेतद्धारा कुवेतका विभिन्न ठाउँमा आवेदन सेन्टर तोकेर निवेदन दिन आग्रह गरिएकोमा दुई दिनमै १७ सय जनाले आवेदन दिएका हुन् ।
यसकार्यमा दूतावासलाई सघाउन स्वयम्सेवकको भूमिका निर्वाह गरिरहेको गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव दिल कुमार पाख्रिनका अनुसार १७ सयको निवेदन प्राप्त भइसकेको र १ हजारलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुममेन्ट) वितरण गरिसकिएको छ ।

कुवेत सरकारको शेल्टरमा कतै कष्ट भोग्नुपरेको कतै फिङ्गरप्रेन्टमा जाँदा भोग्नुपरेको समस्याहरुलाइ संघले अत्यन्तै गहन रुपमा लिएका बताउँदै पाख्रिनले भनेका छन्, ‘कुवेत सरकारको शेल्टरमा कतै कष्ट भोग्नुपरेको कतै फिङ्गरप्रेन्टमा जाँदा भोगनुपरेको समस्याहरुलाइ पनि हामिले अत्यन्तै गहन रुपमा लिएका छौँ। त्यसैले भोलि फर्वानिया स्थित शेल्टरमा नेपालको प्रतिनिधित्व स्वयंसेवकको रुपमा नेपाल तामाङ घेदुङका अध्यक्ष Suresh Gyaba Tamang 96566238077 र लालिगुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल असल यात्री 66043509 र उपस्थित हुनुहुने हुँदा केही समस्या वा जानकारी लिन परेमा वहाँहरुलाइ सम्पर्क गर्नुहोला।’
नेपाली दूतावास कुवेतद्धारा आममाफीका लागि आवेदन दिन अनुरोध, आवेदन दिने समय २६ देखि ३० अप्रिलसम्म
वि.सं.२०७७ वैशाख १५ सोमवार ११:१० मा प्रकाशित






























