back
CTIZAN AD

बन्दाबन्दिमा पनि राष्ट्रिय गौरवका आयोजनाको काम रोकिएको छैनः उपाध्यक्ष कंडेल

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

750 

shares

“कूल २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

१९ वैशाख, काठमाडौं । कोरोना भाईरसको सङ्क्रमण फैलन नदिन सरकारले जारी राखेको बन्दाबन्दिमा पनि राष्ट्रिय गौरबका योजनाको काम नरोकिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कंडेलले बताएका छन ।

बन्दाबन्दिका कारण गौरवका आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरु गरेको छ । आयोगले निर्माणका क्रममा रहेका २१ वटै राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवम् समस्याबारे अध्ययन थालेको हो । पछिल्लो पटक सरकारले ४०० केभी क्षमताको नाङ्लेभारे–बुटवल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरु भइसकेको छैन ।

उपाध्यक्ष कँडेलका अनुसार बिहिबार सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनामा बन्दाबन्दिका कारण परेको प्रभावका बारेमा जानकारी लिइएको छ । सरकारले कोरोनाको कारण मुलुकको विकास निर्माणको क्षेत्रमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मा समेत आयोगले नै पाएको छ ।

तत्कालीन प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको भएपनि दीर्घकालीन प्रभावका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगलाई जिम्मा दिइएअनुसार नै आफूहरुले श्रव्य दृश्य माध्यमबाट राष्ट्रिय गौरवका आयोजनाको अवस्थाका बारेमा जानकारी लिन थालेको कडेलको भनाइ छ । उनले सबै आयोजनाको अवस्थाका बारेमा जानकारी लिने र समस्या समाधानमा सहजीकरण गर्ने जानकारी दिए।

सरकारले गत चैत २० गते निर्माणका क्रममा रहेका आयोजनालाई आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर काम गर्ने व्यवस्था गरेको छ । बन्दाबन्दिका कारण अधिकांश आयोजनामा निर्माण सामग्री र श्रमिकको अभाव रहेको पाइएको छ । रासससँग कुरा गर्दै कडेलले बिहिबार सिक्टा र बबई सिँचाइ आयोजनाका आयोजना प्रमुखले निर्माण सामग्री र मजदुरको समस्या रहेको जानकारी गराएको बताए ।

नियमित रुपमा नै सबै आयोजनाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने र सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा पहल गर्ने गरी प्रक्रिया थालिएको उनले जानकारी दिए ।

“निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशीको हाल ९९ दशमलव ४ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ ।

कूल २१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

उपाध्यक्ष कडेलले निर्माणाधिन आयोजनाको रिर्पोट लिएर समस्या देखिएकाको हकमा केही सहजीकरण गर्ने तर्फ सोच बनाइए अनुसार नै जानकारी लिन थालिएको र त्यसले समस्या समाधानका लागि पहल गर्न सहज हुन्छ भन्ने सोच राखिएको बताए ।

बन्दाबन्दिमा आयोजनाको काम रोकिएको अवस्था नभए पनि केही धिमा गतिमा काम भइरहेको छ । स्थानीय श्रमिकका कारण काम हुन नसक्ने, बाहिरबाट कामदार लैजानुपर्ने, स्थानीय पालिकाले पनि स्वास्थ्य समस्या देखाएर आउन नदिनेजस्ता अवस्था देखिएको छ । श्रमिकको आपूर्तिमा समस्या देखिएको छ । साधन स्रोत तथा निर्माण सामग्री आपूर्ति हुन नसकेको छ । जिल्लाभर सहज रुपमा निर्माण सामग्री उपलब्ध भएपनि एउटा जिल्लाबाट अर्को जिल्लामा लैजान सबैभन्दा बढी समस्या देखिएको छ ।

निर्माणाधिन आयोजनामा एउटा तहमा काम भइरहेको छ तर अपेक्षित काम भने हुन सकेको छैन । केही आयोजनामा सम्बन्धित मन्त्रालयले नै पहल गरेर पनि काम अगाडि बढाएको छ भने केहीमा सूचना सञ्चारमा रहेको दुविधा तथा ‘ग्याप’ का कारण पनि जटिलता देखिएकाले फुकाउने प्रयास भइरहेको उनले जानकारी दिए।

“त्यस्तै मध्यपहाडी राजमार्ग तथा पूर्व पश्चिम रेलमार्ग निर्माणको काम समेत बन्दाबन्दिको समयमा पनि भइरहेको छ ।

कोभिड–१९ उच्चस्तरीय समन्वय समितिले पनि पटक–पटक आयोजना सहजीकरणका लागि मार्ग प्रशस्त गरेको छ । निर्माणाधिन आयोजनामा काम नरोकियोस् भनेर समितिले निर्माण सामग्री आपूर्तिमा समेत सहजीकरण गरेको छ । आयोजना स्थलमा स्वास्थ्य सामग्रीको व्यवस्था तथा एक एम्बुलेन्स तम्तयारी हालतमा राख्नसमेत समितिले निर्देशन दिइएको थियो ।

निर्माण सामग्री आयातमा जाने सवारी साधनलाई पनि थप सहजता प्रदान गरिएको छ । चालक तथा सहचालक बाहेक अन्यलाई सवारी साधनमा चढ्न नदिने समेत व्यवस्था गरिएको छ ।

निर्माणको क्रममा रहेको माथिल्लो तामाकोशीको हाल ९९ दशमलव ४ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको काम समेत चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले गरिरहेको छ । यस्तै, भैरहवामा निर्माणाधिन गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि जारी छ । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम समेत जारी छ ।

त्यस्तै मध्यपहाडी राजमार्ग तथा पूर्व पश्चिम रेलमार्ग निर्माणको काम समेत बन्दाबन्दिको समयमा पनि भइरहेको छ । बन्दाबन्दिमा पनि आयोजनाको काम निरन्तर अगाडि बढाउने सोचका साथ सरकार लागिपरेको र त्यसलाई आयोगले नियमित रुपमा सहजीकरण गरिरहेको उपाध्यक्ष कडेलले जानकारी दिए ।

आयोगले राष्ट्रिय गौरवलगायत पहिलो प्राथमिकतामा रहेका आयोजनाको अनुगमन तथा मूल्यांकनसमेत गरिरहेको छ । देखिएका समस्या समाधान गर्ने र आयोजना प्रमुखहरुलाई थप जिम्मेवार बनाउने काममा आयोग क्रियाशिल छ । यस्तै आयोगले कोरोनाका कारण परेको समग्र प्रभावका बारेमा मिहिन अध्ययन गरेर आवश्यक प्रतिवेदन समेत तयार पारी सरकारलाई सुझाव समेत दिने तयारी गरेको छ । (रासस संगको कुराकानीमा आधारित)

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १७:३१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...