back
CTIZAN AD

नेपालमा ६० हजार बढीमा कोरोना परीक्षण, क्वारेन्टाइनमा २४ हजार र रेडजोनमा ३१५ जना

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

687 

shares

१९ बैशाख, काठमाण्डौं । नेपालमा शुक्रबार (बैशाख १९ सम्म) ६० हजार ३७४ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १ हजार ४६१ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म पिसीआर प्रविधिबाट १२ हजार ५७७ र आरडिटी प्रविधिबाट ४७ हजार ७९७ जनामा परीक्षण गरिएको हो ।

प्रदेश विवरण

त्यसैगरी प्रदेश नं १ मा ५ हजार ८९, प्रदेश नं २ मा ५ हजार ६१७, बाग्मती प्रदेशमा ८ हजार ४९४, गण्डकी प्रदेशमा ५ हजार ४११, प्रदेश नं ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५८४ जनामा आरडिटी परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार नाघ्यो
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २४ हजार ९०७ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार ८७७ प्रदेश नं २ मा १ हजार ३३२, बाग्मती प्रदेशमा ५३८, गण्डकी प्रदेशमा ७०८, प्रदेश नं ५ मा १२ हजार १६३, कर्णाली प्रदेशमा ३ हजार ७२७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५६५ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आइसोलेशन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा ९४ जना रहेका छन् । जसमा उपत्यकामा ५ जना र बाहिरका अस्पतालमा ८९ जना रहेका छन् । साथै आजसम्म रेडजोन संभावित संक्रमति) मा रहेकाको संख्या ३१५ पुगेको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५९ पुग्यो

वि.सं.२०७७ वैशाख १९ शुक्रवार १६:५८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...