back
CTIZAN AD

विवाहको दर्शन

वि.सं.२०७७ वैशाख २० शनिवार

1.1K 

shares

विवाह हिन्दु संस्कृतिमा दुईजना बीचको लगन गाँठो मात्र हैन, सुस्थिर व्यवस्थित समाजको माग पनि हो । यो दुई परिवारको, दुई कुटुम्बको, दुई समाज वा गाउँको लगन गाँठो पनि हो ।

विवाह पद्दति र प्रविधि यसरी कायम गरिएको छ कि प्रकृया पुर्याउने हो भने विवाह एक जुनि हैन ७ जुनिसम्म पनि स्थिर दिगो कायम रहन्छ भन्ने मान्यता छ ।

विवाहमा जन्ति जानु, यज्ञ अग्निको अगाडी बसेर विवाह पद्दति सम्पन्न गर्नुको पछाडी बैज्ञानिकता छ ।

जन्ति जानु भनेको दुई कुटुम्ब र समाजका सबै जना जग्गे अग्निको वरिपरि बसेर होमको उर्जा ग्रहण गर्नका निमित्त हो । अग्निको अगाडी बसेर जे गरिन्छ त्यो हाम्रो मन, मष्तिष्क र शरिर र प्राणमा गाढा छाप भएर बस्छ । बच्चामा अगेनोमा बसेर कथा सुनाइने चलन वा क्याम्प फायर गर्नुका कारण र लाभ पनि यही नै हो । अग्निको अगाडी बसेर पढ्ने, गाउने, सुन्ने वा वाचन गर्ने वा श्रवण गर्ने हो भने सबै कुरा सजिलै कण्ठ हुदै जान्छ ।

वैदिक परम्परामा अग्निको अगाडी बसेर सबै संस्कार वा कर्मकाण्ड सम्पन्न गर्ने चलन यही बैज्ञानिकताको कारणले हो । हाम्रो शरीर उर्जा भने कै अग्नि हो जो सूर्यबाट प्राप्त हुन्छ ।

गायत्री मन्त्र उर्जाको मौलिक श्रोत सूर्यको आराधना हो ।

उमेर ढल्कदै जादै गर्दा खुशी रहन कहिले काही रमाईलोका लागि जे खान मन लाग्छ खाने, जहाँ घुम्न मन लाग्छ जाने, पुराना घनिष्ट मित्र भेट्ने वा आफूकहाँ बोलाएर हावादारी गफगाफगर्ने, समय अभावका कारण विगतमा जे गर्ने बाँकी ईच्छा थियो त्यो अब गर्ने, आदर्शको कुरामा हैन रमाईलो यथार्थमा रम्ने, दुनियाँले के भन्छ हैन मनले जे भन्छ गर्ने, कमाएको पैसा जोगाउने हैन रमाउन खर्च गर्ने, कष्ठमा बाँचिरहेका मित्रहरूलाई सकेको सहयोग गर्न दान पनि दिने गर्नुपर्छ । उमेर ढल्केपछि खुशी रहन सफल अनुभवी व्यक्तिहरूको अनुभव यस्ता हुन्छन् ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७७ वैशाख २० शनिवार १३:४९ मा प्रकाशित

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...