back
CTIZAN AD

श्रमिक दिवसको अवसर पारेर नेपाली सहयोगी हातहरु मकाउद्धारा मास्क र सेनिटाइजर वितरण

वि.सं.२०७७ वैशाख २० शनिवार

924 

shares

२० बैशाख, मकाउ । नेपाली सहयोगी हातहरु (एनएचएच) मकाउले १३१ औं श्रमिक दिवस पारेर मकाउमा कार्यरथ नेपालीहरुलाई मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

विश्वभरी नै महामारीको रुप लिईरहेको कोरोना भाईरसबाट सुरक्षित रहन र सचेतना फैलाउने उद्देश्यसहित एक अनौपचारिक कार्यक्रमकाबीच मास्क तथा सेनिटाइजर बितरण गरिएको हो ।

मकाउमा रहेका कम्पनिहरुमा कार्यरत बिभिन्न ब्यक्तिहरुलाई प्रतिनिधि चयन गरी उनीहरुकै माध्यमबाट सम्पूर्ण नेपाली समुदायको हातसम्मै मास्क तथा सेनिटाइजर पुर्याउने उद्धेश्यले मकाउमा बस्ने नेपालीहरु कोही पनि नछुटुन भन्ने उद्धेश्यका साथ संस्था लागिपरेको संस्थाका महासचिब तथा संचार एबं बजार प्रमुख रमेश अधिकारीले बताएका छन् ।

उक्त कार्यक्रममा प्रतिनिधिहरुलाई मास्क बितरण गर्दै सस्थाका अध्यक्ष शुदर्शन थापामगरले यो कार्यक्रमले मकाउमा आवासीय तथा श्रमका लागि बसोबास गर्ने सम्पूर्ण नेपालीहरु प्रति आत्मियता, सामिप्यता र जिम्मेवारीको महसुस गराउदै सम्पूर्ण नेपालीसँग हातेमालो गर्दै आईपर्ने जस्तो सुकै समस्यामा पनि मिलेर अगाडी बढ्न र समाधान गर्न एकजुट हुनुको बिकल्क नभएको बताए । अध्यक्ष मगरले मकाउमा रहेका नेपालीहरुलाई जस्तोसुकै समस्या परेर पनि संस्थाले सहयोग गर्न तयार रहेको भन्दै समस्यामा सम्पर्क गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा संस्थाकी संयोजक श्रीमती निर्मला थापामगरले पहिलो चरणमा ५ हजार प्रति मास्क र २ हजारप्रति सेनिटाइजर बितरण गरेको जानकारी दिइन् ।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष चण्डी योङ्या, एन.आर.एन मकाउका कोषाध्यक्ष प्रेम बि.क लगायतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रमका लागि ७ हजार प्रति सेनिटाइजर र १० हजार प्रति मास्क वितरण गर्ने तयारी भइसकेको सस्थाका निर्देशक उदय वाग्लेले जानकारी गराए ।

स्मरणरहोस् बितरित मास्क र सेनिटाइजर निशुल्क रुपमा निर्देशक वाग्लेले उपलब्ध गराएका हुन् ।

वि.सं.२०७७ वैशाख २० शनिवार १३:४१ मा प्रकाशित

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...