back
CTIZAN AD

बुद्ध जयन्ती टोलटोलमा दीप प्रज्वलन गरी मनाउन कोषको अपील

वि.सं.२०७७ वैशाख २० शनिवार

837 

shares

२० वैशाख, काठमाडौँ । ललितपुर बुद्ध जयन्ती कोषले यसपटकको २५६४ औँ बुद्ध जयन्ती आ–आफ्नो टोलमा दीप प्रज्वलन गरी बुद्ध पूजा, पाठ पूजा, धर्मदेशना गरी मनाउन अपिल गरेको छ ।

कोषका अध्यक्ष धर्मबहादुर शाक्यद्वारी प्रेस विज्ञप्तीमा नेपालको राष्ट्रिय विभूति, विश्व बन्ध, शान्तिनायक महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ती तथा महापरिनिर्माण दिवस संस्मरण गर्दै टोलटोलमा पालो दिइ भव्यताका साथ मनाइँदै आउने गरिएको भए पनि यसवर्ष कोरोना भाइरसका कारण एकै ठाउँमा भेला भई मनाउने अवस्था नरहेको भन्दै उक्त अपिल गरिएको छ ।

यसपटकको बुद्ध जयन्ती ललितपुरका रुद्रवर्ण महाविहार ओकुबहालले मनाउने अवसर पाएको र त्यसका लागि तयारी गरिएको भएपनि देशको विषम परिस्थितिका कारण सम्पूर्ण धर्मालम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा ललितपुर जिल्लास्थित सम्पूर्ण विहार वहिल तथा बौद्ध संस्थाहरुलाई आ–आफ्नो टोलमा विहार वहिलमा दीप प्रज्वलन गरी मनाउन कोषले अनुरोध गरेको हो ।

विज्ञप्तीमा कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउने सम्पूर्णहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १३:०४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...