back
CTIZAN AD

स्थायी समिति बैठक बोलाउन ओली सहमत, यस्ता छन् दुई पक्षको तयारी

वि.सं.२०७७ वैशाख २० शनिवार

1K 

shares

कोरोनासँग जुधिरहेको यो जटिल समयमा धेरै अन्यथा निर्णय लिनु भन्दा पार्टीको कमाण्डमा चल्नैपर्नेे र एक व्यक्ति एक पद कडाइपूर्वक लागू गर्ने विषयमा कार्यकर्ताको ठूलो मत देखा परेको छ । सहमतिको आवश्यकताका कारण पनि पार्टीमा अल्पमत हुँदासाथ विघटन वा विभाजनको डंका पिटाउने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा समेत कार्यकर्ताहरुको जोड छ ।

२० वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समितिको बैठक बोलाउन तयार भएको नेकपा निकट सुत्रले जनाएको छ ।

पार्टीको बैठक भनेपछि ‘मुल्तबी’ मा राख्ने गरेको आरोप व्यहोर्दै आएका ओलिसमक्ष बैठकका लागि निवेदन नै बुझाउनु पर्ने अवस्था रहंदै आएको थियो । नेकपा भित्र विकसित पछिल्लो घटनाक्रमको छिनोफानो गर्न बैठक डाकियोस् भन्दै अघिल्लो हप्ता २० जना स्थायी समिति सदस्यले बैठक मागेका थिए ।

नेकपाको पार्टी विधान र प्रक्रिया बमोजिम तत्काल डाक्नु पर्ने बैठकलाई प्रधानमन्त्री ओलिले विभिन्न बहानामा लम्ब्याउँदै आएपनि ओलि बाहेकका अधिकतम सदस्यहरुले अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसाल्न तयार रहेको खबर समेत ओलिलाई दिइसकेका थिए ।

पार्टी एकताको विशिष्ट परिस्थितिमा ‘सहमति’ शब्दको भावलाई सम्मान गर्नुपर्ने र अल्पमत तथा बहुमत वा कुनै पनि प्रकारको गणितिय हिसाब आकर्षित गर्न नहुने भन्दै समस्याहरुको समाधान पनि मध्यमार्गबाटै हुने सम्भावनाका बिच आज नेकपाको सचिवालय बैठक बस्दैछ । सचिवालय बैठकमा मुख्य एजेण्डाका रुपमा स्थायी समितिको बैठक प्रस्तुत हुनेभएपनि पार्टी भित्रको बढ्दो तिक्तता, समिकरणका लागि हस्ताक्षरको प्रयास र विभाजन सम्मका धम्किका विषय पनि उठ्ने नै छन् ।

यसअघि १७ वैशाखमा भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा ओलिको समिक्षा गर्दै राजीनामा मागेको र उनको प्रस्तावलाई वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले प्रष्टै साथ दिएको बताइएको थियो । सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले ओलिको कार्यशैली रुपान्तरण नभएको भन्दै प्रचण्डलाई साथ दिएका थिएको भनिएको थियो भने वामदेव गौतमले आफूलाई प्रस्तावित प्रधानमन्त्री बारे तत्काल निर्णय गरिहाल्न माग गरेको बताइएको थिए । वामदेवको सो माग व्यङ्ग्यमा आधारित थियो वा उत्तेजनामा भन्ने कुरो नबुझिएको समाचार पनि सम्प्रेषित भएका थिए । पार्टी महासचिव विष्णु पौडेलले अहिलेको विशिष्ठ परिस्थितिमा एकता पनि बलियो पार्न र प्रधानमन्त्रीलाई पनि साथ दिने गरी सहमति खोजिनु पर्ने बताएको भनिएको थियो भने उपप्रधानमन्त्री इश्वर पोखरेलले कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्षको भूमिका टसमस नहुने बरु परेको व्यहोर्ने भनेको कुरो बाहिर आएको थियो । गृहमन्त्री सम्हालेका रामबहादुर थापा बादलले प्रधानमन्त्री ओलि नै रहनु पर्ने र वामदेवलाई गरिएको प्रस्ताव खारेज गरिनुपर्ने धारणा राखेको पनि बताइएको थियो ।

बैठकको प्रारम्भमै प्रचण्डले आफ्नो राजिनामा माग्दासाथ ओलिले बामदेवलाई दया देखाएर ‘एकपटक उहाँको पालो’ भनेको र पार्टी सन्तुलनका आधारमा माधवलाई तेस्रो अध्यक्ष बनाइदिउँ भनेर बैठकमा नयाँ तरङ्ग पैदा गराएको कुरो बाहिरै आएको थियो ।
सो दिनको सचिवालय बैठकले आवश्यक गृहकार्य गरेर २० गते(आज) बस्ने भनेपछि बिचमा मुख्यत ओली र प्रचण्ड–माधवपक्ष बिचमा निकै धेरै भेटघाट भए । पूर्व एमालेहरु एकगठ भएर माओवादीलाई माइनस वा वाइपास गर्ने विषय तथा पूर्व माओवादी पक्षले जे पनि सहन र व्यहोर्न स्ट्याण्डवाई भएको समाचार पनि सम्प्रेषित भएको थियो । ओलि पक्षले संसदीय दलमा भएको ४४ प्रतिशत बाट बढाएर ५३ प्रतिशत पु¥याइसकेको प्रचार पनि भएको थियो भने ५० प्रतिशत पु¥याउन नसकेर सांसदहरुलाई लोभ्याउन थालेको प्रचार पनि संगै आएको थियो ।

यसबीचमा प्रधानमन्त्री ओलिका तर्फबाट अध्यक्ष प्रचण्डलाई नयाँ प्रस्ताव पठाइएको एक सुत्रले बताएको छ । सो सुत्रका अनुसार प्रधानमन्त्रीले प्रचण्डसँग आफूलाई ‘५ वर्ष नै काम गर्न दिनुस्, मेरा कमजोरी सच्याउला ! मन्त्री र अन्य नियुक्तिहरु सहमतिमा गरुँला, पार्टी तपाईले हाँक्नुस् । हामी दुई नमिल्नुको विकल्प छैन ।’ संगसंगै यो मान्नुहुन्न भने परेको व्यहोर्न तयार रहनुस् भनेर प्रस्ताव गरेको बताइएको छ भने माधव नेपाल समक्ष पूर्व ‘एमाले पक्षले प्रचण्डलाई मान्ने कुरो आउँदैन । हामीभित्र सहमति गरौँ, अहिले तपाई पार्टी चलाउनुस्, महाधिवेशन पछि दुई जना बिच एक एक बाडौँला’ भनेर प्रस्ताव राखेको पनि स्रोतले बताएको छ ।

झलनाथलाई तेस्रो मर्यादामा ल्याउँदा माधव रिसाएको कुराबाट शुरु गरेर राष्ट्रपतिमा लैजाने प्रस्ताव गरेको, वामदेवलाई सचिवालयमा बोलीसकेको र कास्कीमा खगराजलाई छोड्न भनिसकेको, नारायणकाजीलाई राष्ट्रिय सभामा प्रस्ताव गर्दा प्रचण्ड बेखुसी भएको र अब उपप्रधानसहितको जिम्मेवारी दिन तयार भएको कुरो पु¥याएको, जनार्दन शर्मालाई गृहमा ल्याएर बादल धकेल्ने प्रचण्डको पुरानो योजना सुनाइदिएर पार्टी एकता र अहिलेको विशिष्टतामा भूमिका खेल्नुस् भन्ने गरेको, विष्णु पौडेललाई सबैको कुरा बुझेर मध्यमार्गी योजना ल्याउन भनेको र ईश्वर पोखरेललाई कडा तयारी र प्रस्तुतीका लागि निर्देशन दिइएको जस्ता विषय सामाजिक सञ्जालहरुमा आइरहेका नै छन् ।
सचिवालय हुँदै स्थायी समिति बैठकमा पुग्दा पार्टी झन झन कमजोर हुने बताउँदै आएका ओलिले आवश्यक गृहकार्य पुरा गरेको कारण बैठकमा सहमति जनाउने सम्भावना रहेको एक उच्च सुत्रले बताएको छ ।

यसैगरी यो बिचमा प्रचण्ड र माधवपक्षको बाध्यकारी गठजोडलाई भावनात्मक रुपमा बदल्न प्रयास भएका छन । ‘साँच्चिकै खोजेको हो भने अब ओलीलाई ठेगानै लगाइदिनुपर्छ’ भन्ने अभिव्यक्ति पनि बलियो रुपमा देखा परेका छन् । पार्टी बैठकलाई छलिरहन नसकिने यथार्थतालाई महशुस गरी ओलि बैठक बस्न तयार भएपछि आज बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठक नबोलाई सुख्खै नपाउने स्थितिमा छ । ओलिमा देखिएको हठ (भ्रष्टाचारका प्रसङ्गहरुमा छानबिन, अध्यादेश, अन्य नियुक्तिहरुमा एकलौटी ) रुपान्तरण गर्न संयन्त्र बनाएर जाने वा पार्टी बैठकमा गएर जे पर्ला त्यहि टर्ला भन्ने मनोविज्ञानलाई पक्रने ? नेकपा यी दुई अहम प्रश्नमा केन्द्रीत छ ।

कोरोनासँग जुधिरहेको यो जटिल समयमा धेरै अन्यथा निर्णय लिनु भन्दा पार्टीको कमाण्डमा चल्नैपर्नेे र एक व्यक्ति एक पद कडाइपूर्वक लागू गर्ने विषयमा कार्यकर्ताको ठूलो मत देखा परेको छ । सहमतिको आवश्यकताका कारण पनि पार्टीमा अल्पमत हुँदासाथ विघटन वा विभाजनको डंका पिटाउने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा समेत कार्यकर्ताहरुको जोड छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १२:५० मा प्रकाशित

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको...

आज पनि घट्यो सुनचाँदीको मूल्य

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ...

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार...