back

तीन सय जनाको परिक्षण गर्न सकिने लक्ष सहित १ नं प्रदेश मा थप पिसीआर ल्याब सञ्चालन

वि.सं.२०७७ वैशाख २० शनिवार

228 

shares
RBB AD
NTC AD

२० वैशाख, बिराटनगर । तीन सय जनाको परिक्षण गर्न सकिने लक्ष सहित १ नं प्रदेशमा थप पिसीआर ल्याब सञ्चालन अएको छ ।

शुक्रबारदेखि विराटनगरस्थित पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कोभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण शुरु भएसंगै प्रदेश १ मै उक्त संख्यामा परिक्षण गर्न सकिने भएको हो ।

प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रयोगशालाको निरीक्षण गर्दै प्रदेश सरकारले कोभिड–१९ परीक्षणका लागि थप ल्याब सञ्चालन गरेसँगै प्रतिदिन ३०० भन्दा बढी शङ्कास्पद बिरामीको थ्रोट स्वाब परीक्षण गर्न सकिने बताए। उनले कोभिड–१९ परीक्षणको मात्रा बढाउँदै लगेको बताए ।

मन्त्री घिमिरेले प्रयोगशालामा दैनिक २० जनासम्मको परीक्षण गर्न सकिने उल्लेख गर्दै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्षमता विस्तार गरी १०० बढी र कोशी अस्पतालमा २०० जनासम्मको परीक्षण गर्न सकिने जानकारी दिए ।

सो ल्याबको परीक्षणमा कोभिड–१९ को पोजेटिभ रिपोर्ट आएमा पुनः कोशी अस्पतालमा परीक्षण गरिने प्रदेश नं १ जनस्वास्थ्य प्रयोशालाका निर्देशक जयवेन्द्र यादवले बताए। उक्त ल्याबबाट यसअघि वर्डफ्लु, स्वाइनफ्लु, एन्थ्रेक्सको परीक्षण हुँदै आएको यादवले बताए। प्रदेश सरकारले पिसीआर मेसिन र किट उपलब्ध गराएपछि प्रयोगशालाबाट स्वाब परीक्षण शुरु गरिएको हो ।

कोभिड अस्पताललाई आयुर्वेद औषधि हस्तान्तरण

 

सामाजिक विकासमन्त्री घिमिरेलाई कोशी अस्पताल को कोभिड–१९ उपचार केन्द्रमा उपचारार्थ बिरामीका लागि आयुर्वेद औषधि व्यवसायी सङ्घ नेपालले शुक्रबार औषधि हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सिफारिश गरेका चार प्रकारका औषधि सङ्घका अध्यक्ष जगराज गिरीले हस्तान्तरण गरेका छन । च्यावनप्रास अश्वगन्धा चुर्ण, गिलोय प्लस र तुलसी चिया हस्तान्तरण गरेको सङ्घले जनाएको छ ।

सो अवसरमा मन्त्री घिमिरेले बिरामीका लागि प्रयोगमा ल्याउन कोभिड– १९ उपचार केन्द्रका चिकित्सकसँग समन्वय गर्न व्यवस्थापन समितिलाई निर्देशन दिए ।

 

ज्येष्ठ नागरिकलाई औषधि र खाद्यान्य सहयोग

 

नेपाल औषधि व्यवसायी सङ्घ मोरङले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई शुक्रबार औषधि तथा खाद्यान्य सहयोग गरेको छ । सङ्घले मोरङको बूढीगङ्गा गाउँपालिका–१ पुष्पलालचौक स्थित महिला जागृति आश्रमका ज्येष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधि र खाद्यान्न सहयोग गरेको हो । लकडाउनको समयमा आश्रममा रहेका वृद्धालाई औषधि खरिद गर्न समस्या भइरहेको अवस्थालाई ध्यानमा राखी औषधी र खाद्यान्न सहयोग गरेको औषधि व्यवसायी सङ्घ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए ।

आश्रममा रहेका दुई दर्जन ज्येष्ठ नागरिकलाई एक महिनासम्म दीर्घरोगको औषधि, भिटामिन, आँखाको औषधि र खाद्यान्न सहयोग गरेको बताइएको छ । सङ्घले यसअघि पनि विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई औषधि, स्यानिटाइजर र आठ वटा ग्यासको सिलिन्डर सहयोग गरेको थियो । रासस

वि.सं.२०७७ वैशाख २० शनिवार १२:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता...

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

आठ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि

बनियानी (झापा) । झापामा आठ लाख चार हजार सात सय...

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

के तपाई पनि गुन्द्रुक खानुहुन्छ ? हेर्नुहोस यस्ता छन् फाइदा…

काठमाडौँ । वर्तमान समयमा नेपालीहरुको लोकप्रिय तरकारीको रुपमा गुन्द्रुक अग्रह...

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

जालपामा ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा...

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई काउन्सीलले मान्यता दिने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीको समयमा नेपालमा बसेर...

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

बिदा लिएर निजी अस्पतालमा गइ काम गर्नेलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम्...