back
CTIZAN AD

नेपालमा हालसम्म ६१ हजार बढीमा कोरोना परीक्षण, आइसोलेशनमा ८९ र रेडजोनमा ३१९ जना

वि.सं.२०७७ वैशाख २० शनिवार

777 

shares

२० बैशाख, काठमाण्डौं । नेपालमा शनिबार (बैशाख २० सम्म) ६१ हजार ६२७ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,२५२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म पिसीआर प्रविधिबाट १३ हजार ९८ र आरडिटी प्रविधिबाट ४८ हजार ५२९ जनामा परीक्षण गरिएको हो ।

प्रदेश विवरण
त्यसैगरी प्रदेश नं १ मा ५ हजार २८२, प्रदेश नं २ मा ५ हजार ६८७, बाग्मती प्रदेशमा ५ हजार ५१५ गण्डकी प्रदेशमा ५ हजार ४११ प्रदेश नं ५ मा ४ हजार २४०, कर्णाली प्रदेशमा ५ हजार ५७१ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ जनामा आरडिटी परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २२ हजार ९७८ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार ८६५, प्रदेश नं २ मा १ हजार ३९१, बाग्मती प्रदेशमा ५११, गण्डकी प्रदेशमा ६३२, प्रदेश नं ५ मा ११ हजार ३०४ कर्णाली प्रदेशमा ३ हजार २७५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार जना रहेको स्वास्थ्य मन्त्रालयले शनिबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा ८९ जना रहेका छन् । जसमा उपत्यकामा ४ जना र बाहिरका अस्पतालमा ८५ जना रहेका छन् । साथै आजसम्म रेडजोन संभावित संक्रमति) मा रहेकाको संख्या ३१९ पुगेको छ । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।
त्यसैगरी आजसम्म कूल संक्रमतिको संख्या ५९ रहेको छ भने १६ जना निको भएर घर फर्किइसकेका छन् । जसमा पुरुष ४९ र महिला १० जना रहेका छन् ।

उनीहरुमध्ये रुपन्देहीमा १, नेपालगन्जमा १, भरतपुरमा १ धनगढीमा १, विरगन्जमा ८ र विराटनगर अस्पतालमा ३१ जना गरी जम्मा ४३ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १७:४१ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...