back
CTIZAN AD

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

वि.सं.२०७७ वैशाख २० शनिवार

2.5K 

shares

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिदिन भारतस्थित नेपाली दूतावाससँग अनुरोध गरेको छ।

संघकी उपाध्यक्ष सीता अधिकारी हस्ताक्षरित दूतावासलाई बुझाइएको उक्त पत्रमा कोरोना रोकथामका लागि नेपाल तथा भारत सरकारले घोषणा गरेको लकडाउनका कारण पछिल्लो डेढ महिनादेखि भारतमा नेपालीहरु अपलत्र अवस्थामा रहेको, कैयन नेपालीहरु भोकले मर्ने अवस्थासमेत आएको जानकारी गराउँदै समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिनका लागि अनुरोध गरिएको छ ।

धेरैजसो नेपाली ढावा, रेस्टुरेन्ट, होटल, क्यान्टिन पिजी, होस्टल यस्तै अनेक स–साना ठाउँहरूमा काम गर्नै नेपालीहरूको यो लकडाऊनको कारणले सबै बन्द भ्एको र उनीहरूको गाँस बासको समस्या अत्यन्तै दयनिय बन्दै ग्एको, दूतावासलाई बुझाइएको पत्रमा उल्लेख छ ।

संसारभरी महामारीको रुपमा फैलिएको कोराना भाईरसको समस्याले संसारका मानव जातिलाई अत्यन्तै त्रशित र भयभित बनाएको यो समयमा रोजगारीका लागि आफ्नो देशबाट टाढा प्रवासी जीवन बिताऊन बाध्य भ्एका नेपालीहरुको स्थिति झन डरलाग्दो बन्दै गएको दर्शाइएको छ ।

प्रवासी नेपाली संघ भारतले लकडाउन पछी भारतका विभिन्न राज्यमा बिचल्लीमा परेका नेपालीहरुको सहयोगका लागि ‘आपतकालीन कोराना राहत कोष’ खडा गरी सक्दो सहयोग गरीरहे पनि लकडाउनको समय निश्चित नभएकोले सहयोगलाई निरन्तरता दिन समस्या पर्दै गएको भन्दै सक्दो छिटो समस्यामा परेका नेपालीहरुको उद्धार गरी सम्बन्धि गाउँ ठाउँमा पुराउने व्यवस्था गर्न  अनुरोध गरिएको छ ।

भारत सरकारले आफ्ना नागरिकहरुलाई घर पु¥याउन आवश्यक छुट र सुविधा दिइरहेको उल्लेख गर्दै भारत सरकारसँग वार्ता गरी नेपाल आउन जान छुट गरिदिन पनि दूतावाससँग आग्रह गरिएको छ ।

साथै स्वदेश पुगेपछि क्वारेन्टाइनमा बसाल्ने ब्यबस्था मिलाई सुरक्षित स्वास्थ्यको ग्यारेन्टीको संयोजन समेत गरिदिने व्यवस्था मिलाउन भनिएको छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १७:४३ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...