back
CTIZAN AD

चन्दननाथ नगरपालिकाद्धारा स्वास्थ्यकर्मीलाई दैनिक १ हजार भत्ताको व्यवस्था

वि.सं.२०७७ वैशाख २२ सोमवार

768 

shares

२२ बैशाख, जुम्ला । मुलुकभर फैलिँदो कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न डेढ महिनादेखि देश लकडाउनमा छ । सङ्घीय सरकारभन्दा एक दिनअगावै गत चैत १० गते नै जुम्लाका सरोकारवाला निकायको सक्रियतामा लकडाउन घोषणा गरिएको थियो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपङ्तिमा छन् । उनीहरुलाई यस महामारीविरुद्धको विशाल अभियानमा उत्प्रेरित गर्न दैनिक भत्ताको व्यवस्थापन गरिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले यस महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न दैनिक रु एक हजारको भत्ताको व्यवस्थापन गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । उनले भने, “नगरपालिकाले कार्यपालिकाको निर्णय गरी दैनिक भत्ताको व्यवस्थापन गरेको हो ।”

त्यसैगरी नगरपालिकाले पालिकाको सिमानामा पर्ने कर्णाली राजमार्गअन्तर्गत गमगाडमा हेल्थ डेस्क स्थापना गरेको छ । अन्य गाउँपालिका र जिल्ला बाहिरबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए

दमकलमार्फत पानी

नगरपालिकाले सदरमुकाम खलङ्गा आसपासका उपभोक्तालाई तिला नदीको पानी उपलब्ध गराएको छ । दमकलमार्फत पानी ल्याएर उपभोक्तालाई पानी उपलब्ध गराइएको हो । दुई हप्तादेखि बजारमा नियमितरुपमा धारामा पानी नआएपछि सरसफाइका लागि दमकलमार्फत तिला नदीको पानी ल्याएर उपभोक्तालाई उपलब्ध गराउनुपरेको नगरप्रमुख कान्तिका सेजुवाल बताइन् ।

उनले भनिन् “नदीको पानी पिउनयोग्य छैन, तर सरसफाइ गर्न, तरकारी बारीमा सिँचाइ गर्न, शौचालयमा प्रयोग गर्न र कपडा धुन यो पानी प्रयोग हुनेछ ।” लकडाउन सँगसँगै जुम्लामा दुई हप्तादेखि पानीको अभाव भएको छ ।

खलङ्गा खानेपानी उपभोक्ता समितिले सञ्चालन गर्दै आएको खानेपानीको पाइप ठिन्के उर्थु्र सडक खन्ने क्रममा डोजरले पाइप काटेपछि पानी धारामा नआएको हो । खलङ्गा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाका अनुसार विकास निर्माणका काम गर्दा खानेपानीका पाइपलाई ध्यान नदिँदा समस्या भएको हो । रासस

वि.सं.२०७७ वैशाख २२ सोमवार ११:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...