back
CTIZAN AD

क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता भए विक

वि.सं.२०७७ वैशाख २२ सोमवार

807 

shares

२२ बैशाख, मुगु । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ ।

कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै नेपाल आएको थियो । शनिबार बाजुरा जिल्लाबाट मुगु जिल्ला जोड्ने प्रवेश नाका झुगला पुगेपछि क्वारेन्टाइनका कर्मचारीले उनीसँगै आएका जुम्लाका १८ जनालाई जुम्लातर्फ र मुगुका ३० मध्ये सोरु गाउँपालिकाका १७ जनालाई सोरुतर्फ पठाएको थिए । बाँकी रहेका खत्याड गाउँपालिकाका १३ झुगलामै रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा बसाउन खोज्दा त्यहाँ बस्न नमानेपछि आइतबार पालिकाका अन्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने सल्लाहअनुसार उनीहरु त्यहाँ रहेको पालमा बसेका थिए ।

“आइतबार बिहान ११ बजे पालमा बसेकामध्ये विकका दाजुसहित तीन जना नुहाउन गएका थिए, विक नदीमा बेपत्ता भएपछि उनका दाजु र अर्का व्यक्ति दौडँदै कर्णाली नदीमा बेपत्ता भएको खबर गराएका थिए”, गाउँपालिकाका अध्यक्ष उब्जनबहादुर शाहीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलाले भने ।

कर्णाली नदीको छेउमा विकका कपडा भेटिएको र नुहाउँदा दाजुसमेत सँगै भएकाले विक नदीमा बेपत्ता भएकै हुनसक्ने अनुमान गरिएको छ । विकलाई खोज्न नदी किनारमा बाजुरा, कालीकोट र मुगुका प्रहरी खटिएका छन् । नुहाउँदा बेपत्ता भए वा आइतबारदेखि क्वारेन्टाइनमा बस्नुपर्छ भनेर लुगा छोडी कतै भागे भन्ने बारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

बाँकी १२ जनालाई अहिले झुगलामा रहेको खत्याड गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । नेपालतर्फका नाका केही खुकुलो भएकाले भारतमा रहेका मुगाली ठूलो सङ्ख्यामा आउन सक्ने भएकाले अब केही जोखिम हुनसक्ने स्थानीय प्रशासनले अनुमान गरेको छ । रासस

वि.सं.२०७७ वैशाख २२ सोमवार ११:४४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...