back
CTIZAN AD

अनुत्तरित प्रश्न : छोरोको

वि.सं.२०७७ वैशाख २२ सोमवार

783 

shares

टेलिभिजन रहीरहेको बेला
मेरा दस वर्षे छोरो पनि मसँग टारिएर
समाचार हेर्न थाल्यो
मृत्युको ताण्डब भई रहेको थियो
मर्नेहरुको संख्या बढी रहेको थियो
अनि धेरै बेरपछि छोरोले सोध्यो
हजुरलाई पनि डर लाग्छ बुवा
त्यसबेला म मृत्यु गन्दै थिए
नदेखेको महाभारत युद्ध हेर्दै थिए
छोरोको प्रश्नको उत्तर मसँग थिएन
त्यसैले म मौन नै बसे
तर छोराको अर्को प्रश्न वाण आयो
बुवा त हाम्रो सुपरम्यान नि हगि
डराउनु हुँदैन भनेर हामीलाई सिकाएको
हगि बुवा
मसँग त्यसको पनि उत्तर थिएन
मेरो शहरमा मर्नेहरुको संख्या
बढ्दै गएको थियो
संक्रमितको संख्या झन अहाली लाग्दो थियो
मसँग छोरालाई सम्झाउने शब्द थिएन
मेरो मौनता देखेर छोराले सोध्यो
भन्नु न बुवा हजुरलाई पनि डर लागेको छ
मैले उसैलाई सोधे, किन
उसले भन्यो
किनभने मान्छे मर्दैछन् रे बुवा
के हामी पनि मर्छौ
अनि च्याप्प समातेर छोरोले भन्यो
मलाई एकदमै डर लागेको छ बुवा
छोरोको वाक्यले मलाई नराम्ररी डरायो
म पनि डराउन थाले
मृत्युसँग हैन
भविष्यबाट अनभिज्ञ छोराको
प्रश्न सुनेर म डराए
अनि छोरोलाई ढाडसको
सान्त्वनाले थपथपाउँदै भने
तिमीलाई केही हुँदैन बाबु
तिम्रो बुवा त सुपरम्यान हगि
(कोरोना प्रकोप अप्रेल २०२०)

वि.सं.२०७७ वैशाख २२ सोमवार ११:४० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...