२२ बैशाख, काठमाण्डौं । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया पुगेका पर्वत पैयु गाउँपालिका (काहुँ) जन्मेर पोखरा बिरौटा स्थायी घर भएका पूर्ण थापा क्षेत्रीले आत्महत्या गरेको समाचार प्राप्त भएको छ ।
ख्याङ्गीदोको गिम्पो सिमा काम गर्ने ३३ बर्षीय थापाले शनिवार दिउँसो आत्महत्या गरेका हुन् । उनी कोरियाको सिएनसी कम्पनीमा कार्यरत थिए ।
लामो समयदेखि डिप्रेशन भएको कम्पनीमा कार्यरत सहकर्मीहरुले बताएका छन् । शनिबार दिउँसोको खाना खाएर आराम गर्न भन्दै कोठामा गएका थिए ।
२ मे शनिबार स्थानीय समयनुसार सिसिटिभीमा दिउँसो १ बजेर ५० मिनेटसम्म उनी कम्पनीमा गएको भन्ने कुरा कम्पनीमा कार्यरत कर्मचारी मार्फत प्राप्त भएको छ ।
सिसिटिभी अफ गरेर आफैले काम गर्ने मेसिन पछाडी कुनामा गएर आत्महत्या गरेका छन् । कार्यकाल सकेर (सि’बिटि) पास गरेर पुन कोरिया गएका थिए । दोस्रो कार्यकालको लागि उनले (सिबिटी) र (पिबिटी) दुवै पास गरेका थिए ।
उनले आत्महत्या गर्नुपूर्व सुसाईड नोट लेखेर राखेको पनि प्राप्त भएको कम्पनीका कर्मचारीले बताएका छन् । कोरियामै रहेका उनका भाइ तिलक थापा क्षेत्री घटनास्थलमा पुगिसकेको खबर प्राप्त भएको छ । यस समस्याको समाधानको लागि उनले एनआरएनए कोरियासँग अनुरोध गरिरहेका छन् । सुसाइड नोट्मा के लेखिएको छ भन्ने कुरा बाहिर आइसकेको छैन । उनको घरमा एक छोरा र एक छोरी रहेका छन् ।
वि.सं.२०७७ वैशाख २२ सोमवार १६:१३ मा प्रकाशित






























