५ मे, दिल्ली । नेपाली जनसम्पर्क समिती(नेजस) भारत यतिखेर भारतमा लकडानको प्रभावमा समस्यामा परेका नेपालीहरुको सहयोगमा खटिरहेको छ ।
समितीले तिर्थयात्री, विद्यार्थी, उपचारमा आएका बिरामी, बेरोजगार, मजदुर, असहायलाई नेपाल जाने क्रममा बाटोमा फसेकाहरुलाई कोरोना भाइरस कोविड़ १९ टेस्ट गरि निरोगी नेपालीलाई नेपाल फर्काउन पहल गर्ने र पिडितलाई राहात वितरणमा व्यस्त छ ।
सरकार आफ्नो आन्तरिक विवादमा अलमल रहि पिडित नेपाली जनतालाई बेवास्ता गरेको बेला जनसम्पर्क समिति भारत राहात वितरणमा व्यस्त रहेको नेपाली जनसम्पर्क समिती भारत केन्द्रिय कार्यालयका महामन्त्री नारायण प्रासाद भुसाल(00919958322539)ले जानकारी दिएका छन् ।
केन्द्रीय अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको पहलमा भारतको गृह मन्त्रालय र बिदेश मन्त्रालयबाट सहमतीको लागि नेपाल सरकारसँग अनुमतिका लागि आग्रह गरिसकिएको बताइएको छ । नेपाल सरकारले नेपाल फर्कन अनुमति नदिँदा भारतमा हजारौं नेपाली अलपत्र परेको र भारतको विभिन्न सहरमा नेपालीको मृत्यु समेत भएको खबर प्राप्त भएको समेत समितिले बताएको छ ।
समितिका केन्द्रीय अध्यक्ष पाण्डेले भारतमा रहेका नेपालीहरुको समस्यामा सरकारको ध्यान पुग्नन सकेको भन्दै कोरोना भाइरस परीक्षण गरि निरोगी नेपालीलाई नेपाल प्रवेशका लागि अनुमति दिन आग्रह गरेका छन् ।
विश्वब्यापी फैलिएको कोरोना भाइरस घातक महारोग रोगका कारण संसारभरी लाखौको संख्यामा ज्यान गुमाईसकेको र लाखौको संख्यामा संक्रमित भएको भन्दै आफु सुरक्षित रहि अरूलाई सुरक्षित रहन सल्लाह दिनसमेत सचेत नेपाली नागरिकसँग आग्रह गरिएको छ ।

यसरी जुटिरहेको छ नेजस भारत :
दिल्ली उतरभारत
नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य नुरदेब कुवरले उत्तर प्रदेसको गाजियाबादका मोहन नगर, कवि नगर, नयेडा ८६ परिवारलाई राहत सामाग्री बितरण गरेका छन । केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेको पहल र समन्वयमा दिल्लीको मंगोलपुरी बादलगढ र मुडकामा रहेका ५० नेपाली परीवारलाई नेपाली जनसम्पर्क समिति उत्तर भारतका पूर्वअध्यक्ष कृष्ण पाण्डेद्वारा केहि हप्ताको लागि खाद्यान्न सहयोग गरिएको छ ।
लाजपत नगर शाखा सचिव एबम समाजसेवी टि.आर. शर्माले भारतीय साथीको सहयोमा समस्यामा परेका नेपालीलाई एक महिना देखि खानाको व्यवस्था गर्दै आएका छन् । शर्माले दिल्ली, नोयेडा, गाजियावाद, गुरुग्राम लगायत स्थानमा ६०० जना नेपालीहरुलार्इ दिनहु खाना खुवाउने काम गर्दै आएका छन् ।दूतावासको सिफारिसमा गुरुग्राममा ३५ जनालाई खाद्यान्न सहयोग भएको छ । सुनिता कुँवरको पहलमा छत्रपुरमा १५ जना परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ ।
पन्जाब
लुधुयानाको विभिन्न ठाउमा क्षेत्रीय तार बेलबासे कोषाध्यक्षको पहलमा १४६ जनालाई खाद्यान्न सहयोग गरिएको छ । सुनिल पोखेलको पहलमा ३० जनाको लागि खाद्यान्न बितरण भएको छ भने राजु चन्द ठकुरीको पहलमा ४६ जनालाई खाद्यान्नको व्यवस्था गरिएको छ ।
पुना
नेपाली दूतावासले सिफारिस गरेका गोपाल सुनार लगायतका पीडित नेपालीलाइ केन्द्रिय कोषाध्यक्ष बिराट सेरेस्टले खाद्यान्न सहयोग गरेका छन् । महेन्द्र शर्मा भुसाल, मान बहादुर खत्री, लोकेस शाही लगायतका नेपालीहरुले पुने पिम्प्रीमा ३०० जनालाई खाद्यान्न बितरण गरिएको छ ।
पुना महानगरपलिकामै केन्दिय अध्यक्ष बालकृष्ण पाण्डेको समन्यमा पुर्बअध्यक्ष नेजस महिन्द्र शर्मा भुसाल, केन्द्रिय कोषाध्यक्ष बिराट श्रेष्ठ, क्षेत्रीय उपाध्यक्ष मान ब खत्री, सदस्य अमर तिरुवा, सहकोषाध्यक्ष धिरेन्द्र शाही, पिम्प्री चिन्चवड शाखा अध्यक्ष हरीष रावल, सचिव मदन रावल उपाध्यक्ष नवीन बहेक, ईन्द्र धामीको पहलमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसले गर्दा सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका साबिक ४ बाबियाचवर का छ जान परिवारलाई राहत वितरण गरिएको छ ।
पुनाको वाकडमा केहि अलपत्र परेकाहरुलाई दैनिक आवश्यक सामग्री चामल २५ दाल, २ तेल, १ नुन, १ मसला, आटा ५ केजी वितरण गरिएको समितिले जनाएको छ ।
अमरनाथ
मित्रबहादुर नेगिले असहाय ५ घर परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
कर्नाटाका
नेजस दक्षिण भारत क्षेत्रका माहासचिव बिमलराज बिस्टको पहलमा बेङलोरमा नेजस बेलुन्दर शाखाका अध्यक्ष दिवश शाहिको सहयोगमा १५ परिबारलाइ राहात वितरण गरियो।
भोपाल
लोकमनी घिमिरे, रामनाथ अधिकार, युबराज अर्याल, लोकमनि नाथ तिमिल्सेना, तिलक पान्डे, सनकर रेग्मी, ददिराम गैरे लगायतको सहयोगमा ३६ परिबारलाई राहात वितरण गरियो ।
मद्रास
शिव बलायेर, चन्द्रकान्त आचार्य, सरसोरी निउरेको पहलमा १४ जना तिर्थयात्री र ३६ जना बेरोजगार मजदुरलाई खाद्यान्न बितरण गरिएको छ ।
हरियाणा
नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय सदस्य राम प्रसाद डुम्रेको नेतृत्वमा पश्चिमउतरको हिसारमा ४५ जना मजदुरलाई खाद्यान्न बितरण गरिएको छ ।
मुम्बईमा
नेपाली जनसम्पर्क समिति पस्चीम भारत क्षेत्र दुवारा डोंम्विवली देसले पाडा स्थिति रोजगारीको सिलसिलामा आफ्नो देश छोडि प्रवाशमा आई आजको यो विसम परिस्थितिमा आफ्नो जिविकोपार्जन गर्न कठिनाइ भएको ले नेपाली जनसम्पर्क समिति केन्द्रिय अध्यक्ष एबम नेपाली काङ्ग्रेस केन्दिय आमन्त्रित सदस्यश्री वालकृष्ण पान्डे ज्यु को निर्देशनलाई सहर्ष स्वीकादै बरिष्ठ उपाध्यक्ष हर्क साउद र नेपाली कांग्रेसका माहासमिति सदस्य श्री रुपेश कुवर ज्यु संघ परामस गरि केन्द्रीय खेल कुद सचिव गोबिन्द बहादुर थापा को पहलमा डोंम्विवलि क्षेत्र शिक्षा सचिव सन्तोष विष्ट डोंम्विवलि ई शाखा अध्यक्ष श्री रमेश पुरि लगायत सबै नविन भन्डारी भरत तिरुवा हर्क शाही सेर बहादुर थापा तिलक लामिछाने जय प्रशाद भट्टराई आदिको सहकार्य र पहलमा खाना खान कठिनाइमा परेका १५ घर परिवारलाई ५ केजीको दरले चामल, दाल, तेल, नुन गरिएको छ ।
कोलकोत्ता
रामबहादुर बस्नेतको पहलमा २३ जना मजदुरलाई राहत बितरण गरिएको छ ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार ११:४३ मा प्रकाशित



























