back
CTIZAN AD

नीतिकथा : सेवा गरे प्रतिफल यसरी पाइन्छ

वि.सं.२०७७ वैशाख २३ मंगलवार

1.3K 

shares

अमेरिकाको धेरै पुरानो कुरा हो, एउटा गरीव परिवारको १३ वर्षे ठिटोले बिहान भर सयौं घरमा खबर पत्रिका पुराउथ्यो । त्यसबाट प्राप्त पैसाबाट आफ्नो किताब कलम जुटाउथ्यो, खाजा खर्च जुटाउँथ्यो । बचेको पैसा घर खर्चमा सघाउथ्यो पनि । उ पढ्नमा ज्यादै मेधावी र मेहनती थियो । एक बिहान यसरि पत्रिका बाँड्दै हिड्दा उसलाई भोक तिर्खा असाध्यै लाग्यो । जब एउटा घरमा पत्रिका पु¥याउँदै थियो, घरबाट एकजना हँसिली राम्री युवती ढोका खोलेर पत्रिका लिन निस्किन्छिन । ठिटो तिनलाई देखेपछि पत्रिका दिदै साहस जुटाई धक नमानीकन भन्छ – म्याडम मलाई आज भोकतिर्खा असह्य लागेको छ, कृपया एकगिलास पानी दिनोस न । ’

‘ल पर्ख एकछिन्’ भनेर युवती भित्र पस्छिन र एकगिलास भरी दूध लि निस्किन्छिन । ठिटोलाई दिन्छिन । उसले एकै सासमा दुधको गिलास सिध्याउछ ।

ठिटो रित्तो गिलास फर्काउदै भन्छ ‘बल्ल सास आयो, धरै आनन्दित भए । यसको कति पैसा दिउँ हजुरलाई ?’

युवतीले मुस्कुराउदै दयालु भावले भन्छिन ‘मेरी आमाले भन्नु भएको सहयोग गरेको पैसा लिनु हुदैन, तिमी आनन्द भयौ त्यहि यसको मूल्य भयो ।’
‘हवस् हजुर, यहाँको यो दयाभाव मैले जीवन भर संगाली राख्ने छु । यहाँको दिन शुभ होस्’, भनि ठिटो त्यहाँबाट बिदा भयो । धरै वर्ष बित्यो । ती युवती बयस्क भईन । एकदिन अचानक बिरामी भईन । उनको स्वास्थ्यमा सुधार हुनुको सट्टा बिग्रदै गयो ।

डाक्टरहरुले अर्को शहरको अस्पतालमा देशकै नामुद डा। पाउलकोमा पठाउने निर्णय गरे । उक्त अस्पतालमा पुगे पछि झन्डै जीवनको आखिरी सास गनिरहेकी ती महिलाई हेर्नसाथ् डा पाउलले चिनि हाले, दयाभावले मुस्कान साथ् भरि गिलास दुध दिने महिला पो रहिछन् । डा. पाउलले सोचे यीनलाई जसरी पनि बचाउनु पर्छ । आफ्नो टीमसँग मिटिंग गरे के गर्दा असल हुन्छ ? अप्रेशन गर्ने निर्णय भयो । अप्रेशन सफल भयो । तिनी पूर्णत: सन्चो भईन, अस्पतालबाट डिस्चार्ज हुने बेला भयो । पाउलले यीनको के कति बिल उठ्छ एकप्रति मलाई पठाउनु भनेका थिए । बिल तयार भएपछि महिलाको बेडमा पनि पुग्यो, महिलाले हेरिन जम्मा ३८ हजार ५ सय डलर लेखिएको थियो । ती महिलाको सातो उड्यो ‘यो चुक्ता मैले बाँचुन्जेल कमाए पनि नसक्ने भएँ ।’ यतिकैमा बिलमा टाँसिएको सानो चिटमा तिनको आँखा पर्छ । लेखिएको हुन्छ ‘बिल चुक्ता भै सक्यो, भोक र तिर्खाले सासै फुत्केला जस्तो भएको बेला मायालु मुस्कानसाथ दिनु भएको भरि दुधको गिलासको सट्टामा यो अहिले केहि होइन, तपाईको गुण कहिलै चुक्ता हुँदैन, अब तपाइँ स्वास्थ्य हुनुपर्छ’, डा. पाउल ।

डाक्टर पाउल त्यहि न्युज पेपर घरघर पुराउने केटा थिए । जो ज्यादै मेहनती र तीक्ष्ण बुद्धिका थिए जुन यसबेला त्यस अस्पतालको ख्यातीप्राप्त डाक्टरका रुपमा काम गरिरहेका थिए ।

(शरणविक्रम मल्लको फेसबुकबाट)

वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:५१ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...