२३ बैशाख, काठमाण्डौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य अनिल शर्मा ‘बिरही’ लाई प्रहरीले पक्राउ गरेको छ ।
विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेर हिरासतमा लिएको हो । उनलाई चितवनको एक अस्पतालबाट घाईते अवस्थामा पक्राउ गरेको श्रोतले जनाएको छ ।
भर्याङबाट लडेर उपचारका लागि पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको अस्पतालको आकस्मि कक्षमा उपचार भइरहेको बताइएको छ । सादा पोसाकमा आएका प्रहरीले उनलाई नियन्त्रणमा लिएको पारिवारीक श्रोतले जनाएको छ ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार १५:०७ मा प्रकाशित






























