back
CTIZAN AD

नेपालमा ६६ हजार बढीमा कोरोना परीक्षण, आइसोलसनमा १२० र रेडजोनमा ३३० जना

वि.सं.२०७७ वैशाख २३ मंगलवार

675 

shares

२३ बैशाख, काठमाण्डौं । नेपालमा मंगलबार (बैशाख २३ सम्म) ६६ हजार ७७ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १,५८२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १३ हजार ८५० र आरडिटी प्रविधिबाट ५२ हजार २२७ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी जम्मा२१० वटा पिसीआर नमुना परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ६ हजार २२, प्रदेश नं २ मा ५ हजार ७७८, बाग्मती प्रदेशमा ८ हजार ९४०, गण्डकी प्रदेशमा ६ हजार ७४, प्रदेश नं ५ मा ५ हजार १९३, कर्णाली प्रदेशमा ५ हजार ८७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २४४ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार १२४, प्रदेश नं २ मा १ हजार २९०, बाग्मती प्रदेशमा २५८, गण्डकी प्रदेशमा ७२६, प्रदेश नं ५ मा ८ हजार ९२२, कर्णाली प्रदेशमा ३ हजार ७५१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २५ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा १२० जना रहेका छन् । जसमा उपत्यकामा २ जना र बाहिरका अस्पतालमा ११८ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३३० पुगेको छ । पछिल्लो २४ घण्टामा २ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।
त्यसैगरी नेपालमा हालसम्म ८२ जनामा संक्रमण देखिएको छ । त्यसमा १६ जना निको भएर घर फर्किइसकेका छन् ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्मा संक्रमित भएकामध्ये प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

थप ७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

आज नेपालमा गन्जमा पुष्टि भएका ७ जनासँगै हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ । जसमा ६१ पुरुष र २१ जना महिला रहेका छन् । ८२ मध्ये १६ जना निको भइसकेको हुनाले ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् ।

जसमा रुपन्देही १, नेपालगन्ज २३, धनगढी १, भरतपुर १, विरगन्ज ९ र विराटनगर अस्पतालमा ३१ जना गरेर जम्मा ६६ जनाको उपचार भइरहेको छ ।  उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकराी दिएको छ ।

जुम्लामा पनि पिसीआर प्रविधिबाट परीक्षण सुरु
कर्णाली प्रदेशको जुम्लामा पनि सोमबारबाट पिसीआर प्रविधिबाट जाँच सुरु भएको छ । यो सँगै देशैभरीका १८ ठाउँबाट पिसीआर प्रविधिबाट नमुना जाँच सुरु भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ नेपालमा आजको कोरोना अपडेट,आइसोलेशनमा १०६ र रेडजोनमा ३२८ जना

वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:५१ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...