म सद्धे खुट्टा हुँदा-हुँदै पनि लङ्गडो भएको छु
बरु आऊ,
फेसबुक, म्यासेन्जर र इस्टाग्रामका भित्ताहरुमा
पोतौँ सम्बाधका केहि मिठा भाकाहरु
किनकी तिमीजस्तै मपनि आजकाल लकडाउनमा छु ।
मोबाइलमा दाम रहुञ्जेल, कल र क्ःक्बाट हालखबर बुझौँला
किनकी मेरो शहर
मुखमा पट्टी र हातमा हत्कडी बाँधेर सुतेको छ
यतिबेला यताको राजमार्ग पनि
उठ्नै नमान्ने कुम्भकर्ण जस्तै मस्त निन्द्रामा छ ।
स्कुटर, बस र ट्याक्सिहरु पनि सबै शान्त छ
अशान्त छन् त केहि भाइरसहरु
जस्को कारण आजकाल
आफूलाई आफ्नै हातको पनि विश्वास हुन छोडेको छ
पटक-पटक, २० सेकेन्डसम्म साबुनपानिले हात धुनुपर्छ
अथवा स्यानिटाइजर हातमा दल्नुपर्छ
र एक मुठि सुद्ध हावाको लागि
‘N-95’ माक्सले हावालाई छान्नुपर्छ ।
यो भाइरस भनेको
चुरोटको टुप्पोमा लागेको आगो जस्तै रहेछ
यदि समयमै निभाउन सकिएन भने
जल्दै-जल्दै पूरै चुरोट नै सकिन्छ
त्यसैले आत्तिएर हुँदैन
जसरी हामी बसेका छौँ
त्यो भन्दा बढी यो संसार बसेको छ ।
यतिबेला यो धर्तिमा , बिल्कुल नयाँ शासन चलेको छ
जस्को नाम हो, ‘ कोभिड- १९’
उ आजभोली रेबिज लागेको कुकुर जस्तो भएको छ
जो आतंकको साम्राज्य स्रिजनामा छ
आक्रामक शैलीमा रोग सार्दै हिँड्छ
सायद,
उसको रिमोट अन्तरीक्षमा छ
जहाँ थिचिन्छन् बटनहरु
अनि दौडिन्छन् भाइरसहरु फटाफट
र,गर्छन् क्रुर हमला ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:५१ मा प्रकाशित






























