back
CTIZAN AD

अशान्त भाइरस

वि.सं.२०७७ वैशाख २३ मंगलवार

888 

shares

म सद्धे खुट्टा हुँदा-हुँदै पनि लङ्गडो भएको छु
बरु आऊ,
फेसबुक, म्यासेन्जर र इस्टाग्रामका भित्ताहरुमा
पोतौँ सम्बाधका केहि मिठा भाकाहरु
किनकी तिमीजस्तै मपनि आजकाल लकडाउनमा छु ।
मोबाइलमा दाम रहुञ्जेल, कल र क्ःक्बाट हालखबर बुझौँला
किनकी मेरो शहर
मुखमा पट्टी र हातमा हत्कडी बाँधेर सुतेको छ
यतिबेला यताको राजमार्ग पनि
उठ्नै नमान्ने कुम्भकर्ण जस्तै मस्त निन्द्रामा छ ।
स्कुटर, बस र ट्याक्सिहरु पनि सबै शान्त छ
अशान्त छन् त केहि भाइरसहरु
जस्को कारण आजकाल
आफूलाई आफ्नै हातको पनि विश्वास हुन छोडेको छ
पटक-पटक, २० सेकेन्डसम्म साबुनपानिले हात धुनुपर्छ
अथवा स्यानिटाइजर हातमा दल्नुपर्छ
र एक मुठि सुद्ध हावाको लागि
‘N-95’ माक्सले हावालाई छान्नुपर्छ ।
यो भाइरस भनेको
चुरोटको टुप्पोमा लागेको आगो जस्तै रहेछ
यदि समयमै निभाउन सकिएन भने
जल्दै-जल्दै पूरै चुरोट नै सकिन्छ
त्यसैले आत्तिएर हुँदैन
जसरी हामी बसेका छौँ
त्यो भन्दा बढी यो संसार बसेको छ ।
यतिबेला यो धर्तिमा , बिल्कुल नयाँ शासन चलेको छ
जस्को नाम हो, ‘ कोभिड- १९’
उ आजभोली रेबिज लागेको कुकुर जस्तो भएको छ
जो आतंकको साम्राज्य स्रिजनामा छ
आक्रामक शैलीमा रोग सार्दै हिँड्छ
सायद,
उसको रिमोट अन्तरीक्षमा छ
जहाँ थिचिन्छन् बटनहरु
अनि दौडिन्छन् भाइरसहरु फटाफट
र,गर्छन् क्रुर हमला ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १६:५१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...