back
CTIZAN AD

यस्तो छ नेपालमा आजको कोरोना अपडेट,आइसोलेशनमा १०६ र रेडजोनमा ३२८ जना

वि.सं.२०७७ वैशाख २२ सोमवार

696 

shares

२२ बैशाख, काठमाण्डौं । नेपालमा सोमबार (बैशाख २२ सम्म) ६४ हजार ४८५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १ हजार ३८२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट १३ हजार ६४० र आरडिटी प्रविधिबाट ५० हजार ६४० जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा देशैभरी जम्मा २३६ वटा पिसीआर नमुना परीक्षण गरिएको हो ।

प्रदेश परीक्षण विवरण
त्यसैगरी प्रदेश नं १ मा ५ हजार ८३७, प्रदेश नं २ मा ५ हजार ७३६, बाग्मती प्रदेशमा ८ हजार ६१०, गण्डकी प्रदेशमा ५ हजार ८८२, प्रदेश नं ५ मा ४ हजार ८३१, कर्णाली प्रदेशमा ५ हजार ८१३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १३६ जनामा आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टाइनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा २१ हजार ५२३ जना रहेका छन् । जसमा प्रदेश नं १ मा २ हजार २९९, प्रदेश नं २ मा १ हजार ३१९, बाग्मती प्रदेशमा २५६, गण्डकी प्रदेशमा ६५८, प्रदेश नं ५ मा ९ हजार ९५३ कर्णाली प्रदेशमा ३ हजार २७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७५९ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आइसोलेसन र रेडजोनमा
त्यसैगरी हालसम्म आइसोलेसनमा १०६ जना रहेका छन् । जसमा उपत्यकामा १ जना र बाहिरका अस्पतालमा १०५ जना रहेका छन् । साथै आजसम्म रेडजोन (संभावित संक्रमति) मा रहेकाको संख्या ३२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जना थपिएका हुन् । उनीहरुको कन्ट्याक ट्रेसिङ कार्य भइरहेको बताइएको छ ।
त्यसैगरी नेपालमा हालसम्म ७५ जनामा संक्रमण देखिएको छ । त्यसमा १६ जना निको भएर घर फर्किइसकेका छन् ।

कुन प्रदेशमा कति संक्रमित
हालसम्मा संक्रमित भएकामध्ये प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भएको तथ्यांक रहेको छ । सातैवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित भेटिएका छैनन् ।

संक्रमित ७५ मध्ये ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेका छन् । जसमा रुपन्देही १, नेपालगन्ज १६, धनगढी १, भरतपुर १, विरगन्ज ९ र विराटनगर अस्पतालमा ३१ जना गरेर जम्मा ५९ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकराी दिएको छ ।

नेपालमा बैशाख २१ सम्म ६३ हजार बढीमा कोरोना परीक्षण, आइसोलेनमा ७७ र रेडजोनमा ३२१ जना

वि.सं.२०७७ वैशाख २२ सोमवार १६:४७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...