back
CTIZAN AD

नेकपाका नेताहरुको सम्पत्ति छानविन गर्न नेकपा नेताकै माग

वि.सं.२०७७ वैशाख २३ मंगलवार

936 

shares

२३ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता रामकुमार शर्माले पार्टीका नेताहरुको सम्पत्ति छानविनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

‘नेकपाको स्थाई समिति बैठकबाट नेपाली जनताको अपेक्षा’ भन्दै उनले प्रस्ततु गरेको १६ बुँदे सुझावमा सो माग रहेको छ ।

‘भ्रष्टाचार बिरूद्धमा देशलाई स्वच्छ राख्न शुरुमा आफ्नै पार्टीका नेताहरूबाट शुरू गरी सबै पार्टीका नेताहरूको सम्पत्ति छानविनको दायरामा ल्याउनु’ पर्ने उनको भनाई छ ।

त्यसपछि राज्यका सबै अगं, तह र निकायमा रहेका उच्च पदस्थहरूलाइ छानविनको दायरामा ल्याउने र फास्ट ट्रयाकमार्फत दोषीलाई कडा कारबाही गर्नुपर्ने सुझाव दिएका छन् ।

नेकपा को यहि २५ गते शुक्रबार स्थायी समितिको बैठक बस्दै छ । पछिल्ला दिन पार्टी भित्र बढेको आन्तिरक कलह मिलाएर जाने र पार्टी एकतालाई अझ मजबुत बनाउने अपेक्षा कार्यकर्ता तथा शुभचिन्तकले गरेका छन् ।

यसैक्रममा नेता शर्माले सुशासनको क्षेत्रमा ४ बुँदे, जनजिविकाको क्षेत्रमा ३ बुँदे, कोरोना महामारी नियन्त्रण र राहतका लागि तत्काल गर्नु पर्ने ५ बुँदे र पार्टीलाई व्यबस्थित, गतिशील र बिश्वसनिय बनाउनका लागि ४ बुँदे गरी १६ बुँदे सुझाव दिएका हुन् ।

उनले दिएको सुझाव यस्तो छ :

क) सुशासनको क्षेत्रमा
१) महामारीको रूपमा रहेको भ्रष्टाचार बिरूद्धमा देशलाई स्वच्छ राख्न शुरुमा आफ्नै पार्टीका नेताहरूबाट शुरू गरी सबै पार्टीका नेताहरूको सम्पत्ति छानविनको दायरामा ल्याउने। यसपछि क्रमशः राज्यका सबै अगं, तह र निकायमा रहेका उच्च पदस्थहरूलाइ छानविनको दायरामा ल्याउने र फास्ट ट्रयाक मार्फत दोषीलाई कडा कारबाही गर्ने।
२) भ्रष्टाचार सम्बन्धी कानुनलाई संशोधन गरी एक करोड भन्दा बढी भ्रष्टाचार गरेको ठहर भएमा आजीवन कारावास सहित सर्वस्वहरणको कडा कानुन बनाउने।
३) महामारीको मौका छोपी सिमा क्षेत्रमा व्यापक रुपमा भैरहेको मदिरा खाद्यान्नको तस्करी र महिला हिंसालाई कडाइ पुर्वक रोक्ने, र गैर जिम्मेवार सुरक्षा कर्मीलाई कडा कार्यवाही गर्ने ।
४) महामारीको मौका छोपी बन तस्कर र माफियाहरुले वनको व्यापक कटानी फडानी र साल काठको तस्करी गरिरहेको हुदा यसलाई पनि कडाइ पूर्वक रोकिनु पर्दछ यसरी बन क्षेत्र सुरक्षा गर्न नसक्ने जिम्मेवार पदाधिकारीहरूलाई कडा कार्यवाही गर्नु पर्दछ ।

ख) जनजिविकाको क्षेत्रमा
१) क।केशव वडाल, घनेन्र्द बस्नेत र हरिवोल गजुरेलको संयोजकत्वमा तयार भएको भूमिसुधार सम्बन्धी प्रतिवेदन लागु गरि कृषिलाई सहकारीकरण, व्यवसायीकरण र आधुनिकिकरण गर्ने।
२) शिक्षा र स्वास्थ्यलाई निःशुल्क र गुणस्तरीय बनाउने।
३) सिचाईलाई व्यवस्थित गर्न केन्द्रीय र प्रादेशिक स्तरमा एकिकृत नदि नियन्त्रण एवं व्यवस्थापनको लागि अधिकार सम्पन्न प्राधिकरणको गठन गर्ने।

ग) कोरोना महामारी नियन्त्रण र राहतका लागि तत्काल गर्नुपर्ने काम
१) गलत सिद्ध भइसकेका RDT(Rapid diagnostic test) बाट नभई PCR(polymerase chain reaction)  बाट मात्रै टेस्ट गर्ने र परिक्षण क्षमता बढाउने ।
२) कोरोना बाहेकका अन्य गम्भीर रोगीहरूको उपचारलाई पनि सहज बनाउने।
३) लकडाउनको अबधी लामो हुने भएको कारणले ज्यालादारी मजदुर र असहायलाई मात्रै नभई निम्न मध्यम वर्गलाई पनि राहतको दायरामा ल्याउने
४) अर्थतन्त्रलाई बचाई राख्न प्रदेश, जिल्ला र स्थानीय तहको स्तरमा ग्रीन, एलो र रेड गरी तीन जोनमा बिभाजन गरी राहत र दैनिक क्रियाकलापलाई व्यबस्थित गर्ने।
५) नेपाल – भारत सिमा खाद्यान्न, औषधी बाहेक कडाइ पुर्वक पूर्णरूपमा सिल गर्ने।

घ) पार्टीलाई व्यबस्थित, गतिशील र बिश्वसनिय बनाउनका लागि
१) एक व्यक्ति एक पदको व्यवस्था गर्ने
२) सरकारको संचालन पार्टीको सरसल्लाह र समन्वयमा गर्ने।
३) भ्रष्टाचारको आरोप लागेका र असक्षम मंत्रीहरुलाई बर्खास्त गर्ने।
४) अध्यक्षद्वय सहित सम्पूर्ण सचिवालय सदस्यहरूले गम्भीर आत्मआलोचना गर्ने।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १७:३९ मा प्रकाशित

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...