back
CTIZAN AD

जग्गा बाँझो नराख्नेलाई अनुदान

वि.सं.२०७७ वैशाख २३ मंगलवार

1.3K 

shares

२३ वैशाख, मकवानपुर । मकवानपुरगढी गाउँपालिकाले जग्गा बाँझो नराख्ने रणनीतिका साथ बाँझो जग्गालाई उत्पादनमा लगाउने निर्णय गरेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने बताएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको लकडाउनको प्रभावबाट उत्पन्न हुनसक्ने अनिकाल एवम् खाद्यसंकटबाट गाउँपालिकावासीलाई बचाउन कृषि उत्पादनमा जोड दिँदै यस्तो निर्णय गरिएको जनाएको छ । बाँझो जग्गालाई उपयोग गरी कृषि उत्पादन पेशामा संलग्ने हुने कृषकलाई मल, बिउ खेतजोतका लागि प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

बाँझो जग्गामा फलफूल खेती गरेमा प्रति रोपनी रु. २ हजारको दरले अनुदान दिने, अन्नवाली, तरकारीवाली र नगदेवादी तथा मसलेदार खेती गरेमा प्रतिरोपनी रु. २५ सयका दरले अनुदान उपलब्ध गराइने, बाँझो जग्गामा गाई, भैसी वा १० वटा वंगुर खोर वा गोठ निर्माण गर्न मूल्यांकनका आधारमा बढीमा १ लाख सम्म उपलब्ध गराइने सूचनामा उल्लेख छ ।

त्यस्तै माछापालन, कुखुरापालन, जटिबुटी खेती, मौरीपालन गर्नेहरुलाई पनि अनुदानको व्यवस्था गरिएको छ । सूचनामा तपसिलका ९ क्षेत्रमात्यस्तो अनुदान उपलब्ध गराइने बताइएको छ ।

बाँझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा संलग्न हुन चाहने कृषकहरुलाई १५ दिनभित्र नागरिकताको प्रतिलिपि, बाली लगाउने बाँझो जमिनको क्षेत्रफलको विवरण, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, लिजमा लिइएको भए सम्झौताका साथै सम्बन्धित वडा र कृषि प्राविधिकको सिफारिस सहित वडा कार्यालयमा निवेदन पेश गर्न भनिएको छ ।

अनुदानका लागि विगत ५ वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको हुनुपर्ने सर्तको रुपमा राखिएको छ ।

यदि कोहि व्यक्तिले जग्गा बाँझो राखेमा भूमि कर बृद्धि गरिने र त्यस्तो जग्गा स्वामित्व रहेको व्यक्तिलाई गाउँपालिकाले प्रदान गर्ने अनुदान कार्यक्रममा सहभागी नगराउने, गाउँपालिकाको कार्यविधि मान्न आलटाल गरेमा जग्गा नभएको मोहिले त्यस्तो जग्गा कमाउन उपलब्ध गराउने र बाँझो जग्गालाई गाउँपालिकाको भूमि बैंकमा जम्मा गर्नुपर्ने यसअघिको सूचनालाई पुनः स्मरण गराइएको छ ।

वि.सं.२०७७ वैशाख २३ मंगलवार १८:१९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...