back
CTIZAN AD

देश फर्कन चाहानेलाई निशेध गरिएको भन्दै अखिल भारत नेपाली एकता मन्चको आपत्ति

वि.सं.२०७७ वैशाख २३ मंगलवार

717 

shares

२३ बैशाख, दिल्ली । सरकारले कोरोना भाइरसबाट प्रभावित भारतका नेपालीलाई देश फर्कन निशेध गरेको भन्दै अखिल  भारत नेपाली एकता मन्चले आपत्ति जनाएको छ ।

कोरोनाका कारण रोजगारी खोसिएको तथा लकडाउनका कारण भारतमा रहेका लाखौं नेपालीको जीवन दयनिय बनिरहेको अवस्थामा नेपाल भारत सीमा नाकामा अघोषित रोक लगाएको भन्दै मन्चले आपत्ति जनाएको छ ।

‘भारतको कश्मिरदेखि कन्या कुमारीसम्म होटल, रेष्टुरेण्ट, कलकारखाना आदिमा कार्यरत नेपालीहरुको अवस्था दयनिय बनेको बताउँदै भारतबाट घर फर्कन चाहेका लाखौ मजदूरलाई स्वास्थ्य परीक्षण सहित क्वारेन्टाइनमा राख्नुको साटो आवागमनमा निशेध गरिनु आपत्तिजनक रहेको मंचले जनाएको छ ।

‘कोरोना भाइरस संक्रमण रोकथामका लागि लगाइएको लकडाउनले भारतमा रहेका श्रमिक मजदुरको रोजगारी खोसिएपछि आयश्रोत बन्द भएर बेखर्ची अवस्थामा अलपत्र परेका छन् । उनीहरुलाई काम गर्ने ठाउँका मालिकहरुले खानपान व्यवस्थापनमा समेत ध्यान दिएका छैनन् । त्यसैले गर्दा उनीहरुको जीवन एकदमै दयनिय बन्दै गएको छ,’ मन्चका महासचिव चक्र बहादुर मलातीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आर्थिकस्तर नाजुक भएका लाखौं नेपालहरुको आवस्यकता, व्यवस्था र जिम्मेवार प्रति सम्बन्धीत निकायलाई विशेष ध्यान पुर्याउन माग गर्दछौं । भारतका दिल्ली, महाराष्ट्र, दक्षिण, भारत, पन्जाब, लगायतका राज्यहरुमा रोकिएका मजदूरहरु, विद्यार्थी, पर्यटक उपचारको सिलसिलामा आएका बिरामीहरु, आफन्त, भेट्न आएकाहरुलाई नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र भारत सरकारका सम्मननीय नरेन्द्र मोदीज्यूले कुटनैतिक रुपमा पहल गरी भारतमा फसेका नेपालीहरुलाई तत्काल तत्काल खान, बस्न, औषधि उपचारको व्यवस्थापन गरी नेपालको गाउँपालिका र भारतस्थित नेपाली दूतावासबाट यहाँ काम गर्नेहरुको सत्य तथ्य तथ्यांक निकाली उनीहरुलाई आवस्यकता अनुसार स्वास्थ्य परीक्षण गरी छिटो स्वदेश फिर्ता गर्नु पर्दछ । आवस्यकता अनुसार क्वारेन्टाइनको व्यवस्था गर्नु पर्दछ । आफ्नो देशको नागरिकको रक्षा गर्नु राज्यको कर्तव्य हो । स्वदेश फर्कन चाहने नागरिकलाई यथाशिघ्र देश भित्र लैजान जोडदार माग गर्दछौं ।’

वि.सं.२०७७ वैशाख २३ मंगलवार १८:४२ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...